माओबादी ज्यादतिको पराकस्ठा,- ‘जिउँदै जलाउन खोजे’
काठमाडौं-हेटौंडा घर भई ललितपुर, नख्खिपोट बस्दै आएका निरज बानियाँसँग जीवन गुजारा गर्न मंगलबार बिहान साढे ४ बजेसम्म आफ्नै ट्याक्सी थियो। उनले केही समयअघि मात्र ऋण लिएर उक्त ट्याक्सी किनेका थिए।तर, श्रमिकको हितका लागि भन्दै देशव्यापी आन्दोलनमा होमिएको एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताबाट मंगलबार बानियाँको गुजाराको एक्लो सहारा खोसिएको छ।
बन्दकर्ताले उनी ट्याक्सीभित्रै रहेका बेला त्यसमा आगो लगाइदिएका थिए। आगोले उनको बा१ज १८७७ नम्बरको ट्याक्सी जल्यो, त्यसमा रहेका लाइसेन्स, बिलबुकलगायत कागजपत्र जले। केही पैसा थियो, त्यो पनि खरानी भयो। ट्याक्सीबाट हतारहतार निस्कने क्रममा उनको पछाडिको केही कपाल पनि जल्यो।
‘एक हिसाबले मेरो जिन्दगी नै जल्यो,’ भाग्यबस ट्याक्सीबाट निस्किएर ज्यान जोगाउन सफल बानियाँले नागरिकसँग भने, ‘मलाई त जिउँदै जलाउन खोजेका थिए, धन्न ज्यान जोगियो।’
ट्याक्सी जल्न थालेपछि आँत्तिदै ढोका खोलेर निस्कँदा उनले आफ्नो परिवार पाल्ने सहारा दनदनी बलिरहेको देखे। ‘गरिबका लागि आन्दोलन गरेको भन्नेहरूले मेरो आँखैअगाडि ऋण गरेर किनेको ट्याक्सी खरानी बनाइदिए,’ अझै ट्याक्सीको ऋण तिरिरहेका बानियाँले भने।
पाँच बजेबाट बन्द सुरु हुन्छ भन्ने सुनेका उनी त्यसअघि नै एयरपोर्टमा भाइलाई छाडेर घर फर्किरहेका थिए। करिब साढे ४ बजे कोटेश्वर बालकुमारी पुलनजिक आएपछि केहीबेर रोकिए। सडकमा देशका विभिन्न स्थानबाट आएका रात्रिबस गुडिरहेका थिए। बानियाँको ट्याक्सी रोकिएको स्थानमा दुई जना युवा आए। उनीहरूले बानियाँलाई अस्पतालसम्म पुर्या इदिन आग्रह गरे। कति पैसा लाग्छ भनेरसमेत सोधे।
‘बन्द सुरु हुनै लागेको भए पनि अस्पताल जाने भनेपछि मानवताका हिसाबले हुन्छ बस्नुहोस् भनेँ,’ बानियाँले नागरिकसँग भने, ‘कुराकानी चलिरहँदा ती दुईमध्ये एकले एउटा ढोकाबाट पेट्रोल छर्केछ, अर्कोले सलाई कोरेर आगो लगाइसकेछ।’ आगो लगाएपछि दुवै जना भागेको उनले बताए।
ट्याक्सीमा आगालागीको खबर पाएलगत्तै बानियाँकी श्रीमती सुस्मिता घटनास्थल पुगेकी थिइन्। श्रीमानको डढेको कपाल देखाउँदै सुस्मिताले आक्रोशित हुँदै भनिन्, ‘ट्याक्सीभित्रै राखेर हामी गरिबलाई जलाउने अनि आफूचाहिँ बडीगार्ड लिएर गाडीमा सरर हिँड्ने?’
‘काम गरेर खाने श्रमिकको रोजीरोटी खोस्ने, अब भोलिदेखि हामीले के खाने?’ उनले बन्दकर्तासँग प्रश्न गरिन्, ‘दुई छोराछोरी कसरी पाल्ने?’
गरिबका नाममा राजनीति गर्ने दलहरूले गरिबको ज्यानसँग खेलेको आरोप लगाउँदै उनले रोजीरोटी खोस्नेमाथि कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको माग राखिन्।
मंगलबारै बिहान चाबहिलमा दुई छोराछोरीलाई स्कुटरमा राखेर गन्तव्यतर्फ लागिरहेकी एक युवतीमाथि पनि आन्दोलनकारीले अमानवीय ढंगले आक्रमण गरेका छन्।
आन्दोलनकारीले चारैतिरबाट घेरेर स्कुटरमाथि आक्रमण र गालीगलौज गर्दा दुई अबोध केटाकेटी रोइरहेका थिए। स्कुटर चालिकाको आँखाबाट पनि आँसु चुहिरहेको थियो। प्रहरीले उनीहरूलाई सुरक्षा दिँदै मुस्किलले गन्तव्यसम्म पुर्याबएको थियो।
कोटेश्वर र चाबहिलमा मात्र होइन, एमाओवादीलगायत ३० दलीय मोर्चाको हडताल देशका धेरै स्थानमा हिंसात्मक बन्न पुगेको छ। राजधानीको बिजुलीबजारमा आन्दोलनकारीले प्रहरीमाथि अन्धाधुन्द ढुंगाप्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रुग्यास हान्नुपरेको थियो। प्रहरीले प्रहार गरेको अश्रुग्यासलाई एमाओवादी नेता बाबुराम भट्टराईले ‘गोली प्रहार गरेको’ भन्दै प्रचार गरेका थिए।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता नारायणसिंह खड्काका अनुसार बिजुलीबजारको झडप क्रममा ६ जना प्रहरी र एक प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर प्रहरी घाइते भएका हुन्। बिजुलीबजारमै प्रदर्शनकारीले सर्वसाधारण जनताको मोटरसाइकल जलाउने प्रयास गरेका थिए। उनीहरूले मोटरसाइकललाई तोडफोड गर्दै आगो लगाइसकेका थिए। तत्कालै प्रहरीले आगो नियन्त्रणमा लिएकाले मोटरसाइकल जल्नबाट जोगियो।
प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बन्द क्रममा उपत्यकामा ११ सहित देशभरमा २७ सवारीसाधनमा तोडफोड भएको छ। प्रहरीका अनुसार तोडफोडमा पर्नेमध्ये केही सवारीसाधन पूर्ण रूपमा क्षति भएको छ भने केहीको सिसा फुटेका छन्। प्रहरीले आन्दोलनलाई हिंसात्मक बनाउने ५५ जनालाई पक्रेको छ। तीमध्ये २३ जना काठमाडौंका छन् भने बाँकी काठमाडौंबाहिरका।
काठमाडौंमा २८ जना पक्राउ परेकामध्ये हुलमुलका क्रममा ५ जना सर्वसाधारणसमेत परेपछि प्रहरीले उनीहरूलाई तत्काल रिहा गरेको जनाएको छ। अन्य प्रर्दशनकारीलाई भने हिरासतमा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a Reply