हिम्मत भए अ­नसन बस हड्ताल त कायरले गर्ने हो

mahesh३३ दलले २४ गते देखि गर्ने भनिएको आमहड्तालले फेरि एकपटक जनता आक्रान्त हुँदैछन्।  राष्ट्रलाई करोडौ घाटा हुँदैछ, देशको संक्रमणकालमा सकी नसकी आफ्नो ब्यवसाय चलाई राष्ट्रलाई कर तिर्ने र जनतालाई रोजगारी दिने र स्वयं राजनीतिक दलहरुलाई चन्दा दिएर पाल्ने निजी क्षेत्रलाई ३ दिनको बन्दहड्तालले ढाड थिच्ने छ।

कैयौ गरिब मजदुरहरु जो दिनभर कामगरेर बेलका खान पाउछन् उनीहरू भोकै हुनेछन्। यो सब कुरा दलहरुलाई थाहा नभएको त पक्कै होइन। त्यही पनि किन यस्तो क्रुर र गैरजिम्मेवार कदम चाल्छन् दलहरू आफ्नो माग पुरागराउन?

किन थप अलोकप्रियता तर्फ धकेलिनैछन् दलहरू? के आउने चुनावमा बढीभन्दा बढी मत ल्याउने रहर नभएकै हो यिनिहरूलाई?

आफ्ना माग पूरा गराउन बन्द हड्ताल निर्विकल्प हो त? पक्कै पनि होइन। हामीसँग तातो तातो उदाहरण छ डा.गोविन्द के.सी.को। उनले आफ्नो माग पुरा गराउन कसैलाई दुःख दिएनन् आफूले मात्र दुःख कस्ट झेले।

चिकित्सक संघले बहिरंग सेवा बन्द गर्दा उनले त्यसो नगर्न आग्रह गरे र पनि जित उनकै भयो। आखिर माग पूरा गराउन बन्द नै गर्नु पर्ने त होइन रहेछ। शान्तिपूर्ण तरिकाबाट पनि गर्न सकिँदो रहेछ। तर,दलहरु किन त्यो उत्तम बाटो रोज्न सक्दैनन्? किनकि उनीहरुको सोंच पूरानो छ।

जनता नयाँ चिज चाहन्छन् उनीहरुको सोंच अपग्रेड भइसक्यो तर, दलहरु पुरानै भर्सनमा चलिरहेका छन्। अर्को कुरा उनीहरुलाई आत्मबिश्वाश नै छैन कि उनीहरुको माग सम्बोधन हुन्छ भन्ने र जनताले साथ दिन्छन् भन्ने।

त्यसैले बन्द यहाँ आब्हान मात्र गरेर छोडिदैन् कि चुल्ठे मुन्द्रे प्रयोग गरेर जबर्जस्ती गराइन्छ। आत्मविश्वाश हुनलाई दुई तीन वटा कुरा चाहिन्छन् जस्तो कि उनीहरुको माग जेनिउन हुनुपर्‍यो, अधिकांश जनताको साथ हुनुपर्‍यो र उनीहरुमा जनतालाई दुःख दिनुहुँदैन भन्ने भावना हुनुपर्‍यो।

माथिका यी तीन कुराको अभावले उनीहरू बन्दनै गर्छन र आन्दोलनलाई “आए आँप गए झटारो” को रुपमा प्रयोग गर्छन्। माग सम्बोधन भए आफ्नो अभिस्ट पुरा हुनेभयो नभए आन्दोलनमा दुःख पाउने जनताले नै हो।

उनीहरुको केहि जाने होइन। आन्दोलनमा पुलिसको डण्डा खाने र दिनभर सडकमा खटिने पनि जनता। ब्यवसायिक घाटा बेहोर्ने पनि जनता। अस्पतालमा पुग्न नपाई मर्ने पनि जनता। भोक भोकै मर्ने पनि जनता।

अरूलाई भोक भोकै मारेर आफ्नो अभिस्ट पूरागर्न बानिपरेकाहरुलाई आफै भोक हड्तालमा बस्नु एउटा भयानक कुरा हो। जो दलहरु कल्पना पनि गर्न सक्दैनन् यहि नै ठोस प्रमाण हो कि यिनीहरु जनताको लागि होइन आफ्नो लागि जनतालाई लडाइरहेका छन्। जनताकै लागि भनेर जनता नै मार्ने काम धोका हो जुन कायरले दिन्छ। हिम्मत हुनेहरुले आफूले दुःख पाएर जनतालाई सुख दिन्छन, बन्द हड्ताल होइन आफूनै भोक हड्तालमा बस्छन्।

Leave a Reply