फर्किए पारस नेपाल, परिवारजनका कोहि देखिएनन् एअरपोर्टमा

२० चैत २०७१, काठमाडौँ- — थाइल्यान्ड रहँदै आएकाParash पूर्व युवराज पारश शाह स्वदेश फर्किएका छन्। पूर्व राजा ज्ञानेन्द्रका स्वकिय सचिव फणिराज पाठकका अनुसार बिहीबार साढे १२ बजेको थाइ एयरवेजको उडानबाट उनी स्वदेश फर्किएका हुन्।

उनलाई स्वागत गर्न ठूलो संख्यामा शुभेच्छुक त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरुले पारसको पक्षमा नाराबाजी गरे पनि पारसले शुभेच्छुकहरुलाई सम्बोधन गरेनन्। थाइल्यान्डको जेलमा हुँदा निकै दुब्लो देखिएका उनी स्वदेश फर्किंदा प्रशन्न मुद्रामा देखिन्थे।

विमानस्थलबाट उनी निर्मल निवास जाने वा अन्तै बस्ने भन्ने निश्चित नभएको बताइएको छ। तीन वर्षदेखि थाइल्यान्ड बस्दै आएका शाहले त्यस अघि केही समय सिंगापुरमा बिताएका थिए।

थाइल्यान्डमा लागू पदार्थ सेवन तथा बिक्रीको मुद्दामा उनी पटक पटक जेल परेका थिए। मंगलबार लागू पदार्थ प्रयोगको मुद्दा खारेज भएपछि पारस स्वदेश फर्केका हुन्। उनलाई लिन विमानस्थलमा पूर्व राजपरिवारका कुनै सदस्य पनि गएनन्।

 

Leave a Reply