न्यू साउथ वेल्समा संयोजकमा रोशन भट्टराई भिड्ने
२६ जुन २०२५, सिड्नी- ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आशन्न निर्वाचनमा न्यू साउथ वेल्स राज्यका संयोजकका रुपमा रोशन भट्टराईले पनि प्रतिस्पर्धा गर्ने बताएका छन । विहिवार सामजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी गराएका हुन । यसका साथै आफ्नो टीमको नाम ‘सक्षम’ रहेको र चाँडै टीमका अन्य सदस्यहरुको नामसमेत सार्वजनिक गर्ने समेत उनले बताएका छन ।
भट्टराई सिड्नीस्थित शिक्षा परामर्ष (Educational Consultancy) पेशामा आवद्द छन । एनआरएनए अस्ट्रेलियाले आगामी कार्यकालका लागी जुलाई २६ मा निर्वाचन गराउने बताएको छ । यस निर्वाचनमा भोट हाल्नका लागी सदस्य बन्ने समयावधी समाप्त भइसकेको छ । राज्य र राष्ट्रिय समितिहरुमा उम्मेद्वार बन्न चाहनेहरुले सामजिक सञ्जालहरुमार्फत आफ्नो इच्छा जाहेर गर्ने क्रम अहिले अस्ट्रेलियामा चलिरहेको छ ।
Leave a Reply