एनआरएनए, यसका गतिविधि, पदाधिकारी र भविष्य

मिलन दाहाल, एडिलेड, दक्षिण अस्ट्रेलिया

यसपाली गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया करिब १२ हजार सदस्यका साथ (सदस्यका हिसाबले) सबैभन्दा ठुलो एनआरएनएको विरासत बनाउन सफल भएको छ । स्थापनाकालदेखी सदस्य संख्याको हिसाबमा सबै भन्दा ठुलो बन्दै आएको अमेरिकाको विरासतलाई तोड्न अहम भुमिका खेल्ने अष्ट्रेलियन एनआरएनलाई बधाइ तथा अष्ट्रेलियाको यो हैसियत अब उप्रान्त कायम रहिरहोस् सबैलाई शुभकामना । हामीलाई (पदाधिकारी, सदस्य र सर्वसाधारणसमेत) थाहै छ, अष्ट्रेलियाले यसपाली यो बिरासत कसरी प्राप्त गर्यो । सदस्यता बढाउनका  लागि के के सम्म गरियो- सामाजिक सञ्जाल मार्फत सबैका सामु आएकै छन । प्राप्त भएको सदस्य संख्याप्रति संघका पदाधिकारीहरुनै चकित भएको पनि सुनिराखिएको छ । सदस्यता बनाउने क्रममा निकै ठूलो धनराशी खर्च गरिएको आशंका गरिएको छ । यसरी सदस्यता किनेर संस्था कतिञ्जेल चल्न र चलाउन सकिन्छ ?  किनेका सदस्यहरुले जिताउने पदाधिकारिहरु पदको गरिमा जोगाउन योग्य हुन्छन कि हुदैनन्? यस्ता पदाधिकारीले एनआरएनलाई यसको उदेश्य अनुरुपको गति दिन सक्छन कि सक्दैनना- यी र यस्तै कुराहरुले नै हो एनआरएन अष्ट्रेलिया र समग्रमा एनआरएनएकै भविष्य निर्धारण गर्ने । पदाधिकारीले रटान गरे झै एनआरएनएलाई सबै गैर आवासीय नेपालीले छाता संगठन मान्ने वा नमान्ने भन्ने कुरा । एनआरएनए अष्ट्रेलियाको शुरूवाती दिनदेखी  नै एनआरएनएसँग नजिक रहेका तथा पदाधिकारी समेत रहिसकेका एकजनासँग एनआरएनएको पछिल्लो गतिविधिवारे सोधें । उनले यसपालीको सदस्यता बनाउने प्रवृत्तिपछी संघ लाई गलत बाटोमा लगिएको महशुस गरेकाले आफुले संघको गतिविधिवारे जानकारी राख्न छोडेको प्रतिक्रिया दिए । यो एउटा प्रतिनिधि घटनामात्र हो ।

अमेरिकामा २५२ मध्ये १०३ पदमा उम्मेद्वारी नै नपरेको कुरा पनि केहिअघि संचारमाध्यममा आएको थियो । हामीले सहजै अनुमान लगाउन सक्छौं, किन एनआरएनएप्रति बौद्धिक जमात र पुराना अभियन्ताहरूको आकर्षण घट्ने र वितृष्णा बढ्ने क्रममा छ ? संघका पदाधिकारीले दाबी गरेजस्तै वर्तमान अवस्थासम्म नेपाल बाहिर बस्ने नेपालीहरुको सबैभन्दा ठुलो प्रतिनिधी संस्थाको रुपमा स्थापित संस्था हो गैर आवासीय नेपाली संघ । तर पछिल्लो दिनमा अष्ट्रेलियामा सदस्यता बढाउन जुन अभ्यास गरियो, के त्यो संस्थाको हितमा छ ?  यसले एनआरएनएलाई अग्रगामी दिशा दिन सक्छ ? यसमा बहस हुनु जरुरी छ कि छैन ?

संस्थाका पदाधिकारी र पदको गरिमा

विश्वभर ७८ भन्दा बढी देशमा फैलिएको गैर आवासीय नेपाली संघ अवश्य पनि पदाधिकारीहरुले दाबी गरेजस्तै विश्वभरका नेपालीहरुको सबैभन्दा ठुलो सञ्जाल हो । यसमा सन्देह छैन । कतिपयले दाबी गरेजस्तै नागरिकता, नेपालमा गैर आवासीय नेपालीहरुको हकहितको कुरा गर्नुपर्ने भएकाले यसले नेपालको राजनितिसँग नजिक रहेर काम गर्नुपर्ने भन्ने कुरालाई समेत क्षणभरका लागि सही मानौं । उम्मेद्वारीमा पछिल्लो समयमा स्थापना भइरहेको दलीय सिण्डिकेटटलाई के भन्ने ? पैसा तिरेर खसिबोका जस्तै सदस्यता किन्ने प्रवृत्तिलाई कसरी जायज भन्ने?

सन् २००३ मा अष्ट्रेलिया भित्रिएको संघ सन् २०१९ सम्म आइपुग्दा उम्मेद्वारी दिनका लागी अष्ट्रेलियामा खुलेका नेपालका राजनितिक दलका भ्रातृसंगठनका सदस्य हुन जरुरी भैसकेको अवस्था छ । स्वतन्त्र मानिसको बित्तिकै कारण सदस्य धेरै देखाउन सदस्यता किन्नैपर्ने जरुरी छ । विदेशमा व्यावसायिक रुपले स्थापित अधिकांस डाक्टर, इन्जिनियर, वकिल लगायतका नेपालीहरुमा नेपालबाटै दलका गतिविधिबाट आजित भएर विदेश पलायन हुनेहरु धेरैछन ।  उनीहरु मध्ये धेरै दलको सदस्यता लिएर एनआरएनको गतिविधिमा लाग्दैनन र लाग्न जरुरी पनि छैन । काम गरी खाने नेपालीहरुलाई एनआरएनएजस्तो संस्थाको गतिविधीप्रति खासै वास्ता छैन । त्यसैले अष्ट्रेलियन एनआरएनको पदाधिकारी भएर नेपालमा व्यावसायिक फाइदा लिने उदेश्यले लाग्ने कन्सलटेन्सी व्यावसायीहरु र अष्ट्रेलियाकै नेपालीहरुमाझ व्यापार विस्तार गरेर फाइदा लिन खोज्ने हरुको  एनआरएनए प्रति बढी आकर्षित भएको देखिन्छ । तिनै व्यापारीको लगानी र दलका भ्रातृ संगठनहरुको अग्रसरतामा पछिल्लो समयमा व्यापारी र दलका ‘यसम्यान’ हरुसंगठनमा हाबी हुने देखिएको छ । त्यसको पुष्टि केही समयअघिको AIBT काण्डमा एनआरएनएको मौनताले गरिसकेको छ । कन्सल्टेन्सिकाबिरुद्द एनआरएनएले बोल्नसक्ने अवस्थापनि छैन, किनभने कन्सल्टेन्सिको प्रायोजनबिना एनआरएनएका कुनैपनि कार्यक्रमहरू सम्पन्न हुनैपर्छ सक्दैनन । विद्यार्थी हकहित समेत प्रमुख एजेण्डा रहेको भनिएको संस्थाले सयौं नेपाली विद्यार्थीहरुको भविष्य नै अन्योल हुने परिस्थिती आउदा समेत एनआरएनए मौन रहेको अवस्थामा आगामी दिनमा कुनै नेपालीमाथी नेपाली व्यावसायीले अन्याय गरेको खण्डमा पीडित नेपालीको पक्षबाट एनआरएनएले अग्रसरता लिनसक्ला भनेर कुन आधारमा पत्याउने ?

एनआरएनएमा दलिय सिन्डिकेटका कारण योग्य मान्छेहरु आउने संभावना निकै कम छ र संस्थाको गतिविधीबारे थोरै पनि जानकारी नरहेका रआफ्ना भविष्यका लागी समय दिनुपर्ने बेलामा प्रवासमा खुलेका नेपाली दलका भ्रातृ संगठनबाट ‘कन्फर्म जितिन्छ’ भन्ने आश्वासनका कारणमात्रउम्मेद्वारी दिने व्यवसायी र दलका ‘यसम्यान’ हरुबाट पदको गरिमा कायम हुन सक्दै सक्दैन र समुदायले कुनै अपेक्षा राख्नुपनि अपेक्षाकै बेइत्जतमात्र हो । सदस्यता एनआरएनए अष्ट्रेलियाको सदस्यता करिब १२ हजार पुगेर विश्वको सबैभन्दा बढी सदस्य भएको एनआरएनए बन्यो । योसाँच्चिकै गर्वको बिषय तब हुन्थ्यो जब १ लाख बढी नेपाली रहेको अनुमान गरिएको अष्ट्रेलियामा स्वत स्फुर्त रुपमा यति सदस्य बनेका हुन्थे ।एनआरएनए अष्ट्रेलिया विश्वको सबैभन्दा ठुलो एनआरएनए बन्यो भनेर गर्व गर्ने मध्ये कोही थोरैपनि इमान भएको व्यक्तिले यतिका सदस्यस्वतस्फुर्त बनेका हुन भनेर भन्न सक्छरु व्यापारीका लगानीका अतिरिक्त नेपाली दलका भ्रातृ संगठनले आफ्ना प्रत्येक कार्यकर्ताहरुबाट ४/५ सयचन्दा उठाएर सदस्यता र चुनाबको लागी खर्चको जोहो गरेको भन्ने कुरापनि सुनिनमा आएको छ । के उनीहरुले संधैभरी यसरी नै पैसा उठाएरसदस्यता बढाइरहन सम्भव छरु

दलीय सिन्डिकेटबाट उमेद्वारी पाएका र एकछापे भनिएका भोटबाट जित्ने संभावना रहेकाहरुले नेपालमा आफन्तहरुमाझ पनि चर्चा बटुल्न रफेसबुकमा केही थान लाइक र कमेन्ट बटुल्न केही समयका लागी केही खर्च गर्लान । उनीहरुका लागी यसरी संधै खर्च उठाइरहन कहिलेसम्मसम्भव होला ?  एनआरएनएको यो साख कायम राख्न यो तरिका दीर्घकालसम्मका लागी उचित होला ?  सबैले मनन गर्न जरुरी छ । फेरीयसरी उठाइएको चन्दाको हिसाबकिताब कसले हेर्छ ? एनआरएनएको चुनाबका लागी पचासौं हजार उठाएर आफ्ना घरको मोर्टगेज तिर्नेहरुपनिनिस्किएलान । त्यसले समुदायलाई कतातिर लैजाला ?

अत प्रवासका नेपालीहरुको आवाज बन्नसक्ने, नेपालीको प्रतिनिधी बन्न सक्ने, परेका बेला नेपालीलाई सहयोग गर्न सक्ने साझा संस्था नेपालबाहिर बस्ने नेपालीहरुको अवधारणा र चाहना हो । यो आवश्यकता पनि हो । तर, नेपालका राजनितिक दलको प्रतिनिधिहरुको सिन्डिकेटमाचल्ने र तिनका झोलेहरुको भिडन्त हुनेखाले नेपालको रानीतिकै पुनरावृत्ति विदेशमा बस्ने औसत नेपालीहरुको चाहना हुदै होइन । यसलेनेपालको खराब राजनितिक प्रवृतिको पुनरावृत्तिभन्दा बढी केहि गर्न सक्दैन

(पुनश्च: सन २०१९ मा लेखिएको यो लेख हालको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेका कारण पुन:प्रकाशन गरिएको छ ।)

Leave a Reply