स्विडेनदेखी नेपालसम्म मोटरसाइकलमा
२६ जनवरी २०२५, काठमाण्डौ- एकजना स्विडेनकि महिलाले स्विडेन देखी नेपालसमम्मको ६ हजार किलोमिटरभन्दा बढी दुरीको यात्र मोटरसाइकलमा तय गरेकि छन । स्विडेनकि नागरिक क्रिस्टिनालिन्सडोमल स्विडेन देखी विभिन्न देशहरु हुँदै नेपालसम्ममको मोटरसाइकल यात्रा पुरा गरेकी हुन । उनले आफ्नो कामबाट राजिनामा गरेर यो सहासिक कार्यका क्रिस्टिनाले आफ्नो उदेश्य अन्तत: हासिलगर्न सफल भएकोमा नेपाल पुगिसकेपछी खुसी व्याक्त गरिन ।
सन २०२३ मा यात्रा शुरु गरेकि क्रिस्टिनाले आफ्नो अनुभव सुनाउदै भनिन, “काम छोडेर यात्रा शुरु गर्दाका बखत मनमा उत्साह पनि थियो डर पनि थियो । खसगरि म हराए भने अथवा केही दुर्घटना भयोभने,भन्ने कुराले मनमा डेरा जमाएको थियो । सबै यात्रा चुनौति र अनिश्चितताले भरिएको हुन्छ भने मेरो यो यात्रामा चुनौति नहुने भन्ने कुरै भएन । तर, जव दृढ संकल्प राखेर कुनै काम शुरु गरिन्छ भने केहीकुराले बाटो देखाउने रहेछ । यात्राका क्रममा मलाई बरहमाण्डको कुनै शक्तिले मार्गदर्शन गरिरहेको छ झैं लागिरहेको थियो । यो यात्राको अनुभवले मलाई कडा परिश्रम र जाँगर भयो बने असाधारण चुनौतिहरु पनि पार गर्न सकिने रहेछ भन्ने विश्वास दिएको छ । नेपालमा पाईला टेक्न पाँउदा म अत्यन्त खुसी छु ।”
Leave a Reply