टीका कार्की पत्रकारिता पुरस्कार फेब्रुवरीमा

२६ जनवरी २०२५, क्यानवेरा- यस बर्षको टीका कार्की स्मृती पत्रकारिता पुरस्कार २२ फेब्रुवरी २०२५ मा दिईने भएको छ । टीका कार्की स्मृती पत्रकारिता पुरस्कार’अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन (एन्जा)’ ले अस्ट्रेलियामा सक्रिय पत्रकारिता गर्ने एकजना व्यक्तिलाई आफ्नो बार्षिक साधारण सभाको अवशर पारेर हरेक दूइ बर्षमा प्रदान गर्ने गर्दछ । एन्जा गठन भएदेखी नै अस्ट्रेलियामा नेपाली भाषामा सक्रिय पत्रकारिता गर्दा गर्दै निधन भएका टीका कार्कीको स्मृतीमा यो पुरस्कार दिने गरिन्छ । पहिलो टीका कार्की स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय ऋषि आचार्य तथा हेमन्त काफ्लेलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

कसरी गरिन्छ उत्कृस्ट पत्रकारको छनौट?

उत्कृष्ट पत्रकार छनौटका लागी अस्ट्रेलियाको नेपाली समुदायमा उल्लेख्य योगदान पुर्याएका व्याक्तिहरु समावेश गरि एक ‘उत्कृस्ट पत्रकार छनौट समिति’ निर्माण गरिन्छ ।  समितिले अस्ट्रेलियामा रहेर नेपाली पत्रकारितामा सक्रिय रही नेपाली समुदायमा उल्लेख्य योगदान पुर्याउने एकजना पत्रकारको छनौट गरि पुरस्कारका लागी सिफारिस गर्दछ र यसरी सिफारिस गरिएका पत्रकारलाई १ हजार अस्ट्रेलियन डलर राशीको यो पुरस्कार प्रदान गरिन्छ । यसपालीको ‘टीका कार्की स्मृती पत्रकारिता पुरस्कार’ छनौट समितिमा एन्जा अध्यक्ष चिरन्जिवि देवकोटा, कानुन व्यावसायी तथा एनआरएनए अस्ट्रेलिया पुर्व अध्यक्ष तोनु घोताने तथा नारि निकुञ्ज अस्ट्रेलियाकि संयोजक रहिसकेकी प्रतिज्ञा अधिकारी रहेका छन ।

सन १९८६ मा जन्मिएका टीका कार्की अस्ट्रेलियामा नेपालीहरुले सञ्चालन गरेको पहिलो रेडियो ‘हिमालयन रेडियो’ मा कार्यक्रम प्रस्तोता रहेका थिए । उनको सन् २०२१ मा युवावस्थामै अस्ट्रेलियामा असामयिक निधन भएको थियो ।

Leave a Reply