एडिलेड नेपालको ‘होली उत्सव’, पुन: मेरियन काउन्सिलको ‘सर्वोत्कृस्ट सामुदायिक कार्यक्रम’

२४ जनवरी २०२५, एडिलेड साउथ अस्ट्रेलियाको सामुदायिक संस्था ‘एडिलेड नेपाल’ ले बिगत ६ बर्ष देखी आयोजना गर्दै आएको ‘होली उत्सव’ कार्यक्रम पुन: ‘सर्वोत्कृस्ट सामुदायिक कार्यक्रमका रुपमा सम्मानित भएको छ । शुक्रवार मेरियन कल्चरल सेन्ट्रलमा प्लाजामा भएको सन् २०२४ मा समुदायलाई उत्कृस्ट सेवा पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्न आयोजना गरेको एक कार्यक्रममा ‘एडिलेड नेपाल’ लाई ‘होली उत्सव’ कार्यक्रममा लागी सम्मानित गरिएको दक्षिण अस्ट्रेलिया राज्य अन्तर्गतको मेरियन काउन्सिलले बताएको हो ।

”एडिलेड नेपाल’ बहुआयामिक तवरबाट समुदायको सेवा गर्ने एउटा सामुदायिक संस्था हो जसले ‘होली कार्यक्रममार्फत आफ्नो संस्कृति र परम्परालाई एडिलेडको बहुसंस्कृतिक समुदायमा परिचित गराएको छ ।’ मेरियन काउन्सिलले भनेको छ । ‘साथै एडिलेड नेपालले सन २०१६ मा आफ्नो शुरुवातकाल देखीनै समुदायलाई बासस्थान, रोजगारी तथा आप्रवासीहरुलाई विविध तरिकाले सहaयता गर्ने गरेको छ ।’ काउन्सिलले थपेको छ ।

यसै क्रममा मेरियन काउन्सिलले बर्ष नागरिकका रुपमा समान्था केरलाई स्टर्ट नदी वरपर हरियाली बढाउन काम गरेकामा, ‘बर्ष युवा नागरिक’का रुपमा सिक्लिफ सर्फ क्लबका जागरुक सदस्य ताज बार्डलाई र बर्ष खेल टीमका रुपमा प्लिम्टन फ्लायर लिटल इथ्लेटिक क्लबलाई सम्मान गरेको छ ।

Leave a Reply