बेलायतमा नर्समाथी छुरा प्रहार

शनिबार, ११ जनवरी २०२५, साँझ ग्रेटर म्यानचेस्टरको ओल्डहम रोयल हस्पिटलमा रहेको एक्युट मेडिकल युनिटमा ड्युटीमा रहेका ५७ वर्षीय एक नर्समाथी छुरा प्रहार भएको छ । छुरा प्रहार हुने नर्समा भारतीय मुलकि अछामा चेरियन रहेको सञ्चारमाध्यमहरुले बताएका छन । उनलाई छुरा प्रहार गर्ने ३७ वर्षीय रोमन हकलाई सोही राति ११ः३० बजे प्रहरीले पक्राउ गरेको थियो  ।

प्रहरीले ती ब्यक्तीलाई ज्यान मार्ने कसुर गरेको तथा हातहतियार बोकेको कसुरमा मुद्दा चलाएको छ ।

बेलायतमा नर्सिङ स्टाफहरुप्रति पछिल्लो समयम बढ्दै गएका यस्ताखाले आक्रमणप्रति नर्सिङ नेतृत्वले चिन्ता व्याक्त गरेको छ । सन २०२३ मा गरिएको एक सर्वेक्षणले बेलायतभरमा १३ प्रतिशत भन्दा बढी नर्सहरुले आफ्नो जिवनकालमा बिरामीबाट कमसेकम एकपटक शारिरिक हिंसा भोगेको बताएका थिए ।

Leave a Reply