कोल्सले भान्सामा प्रयोग हुने छुरी बिक्रि नगर्ने
१५ जनवरी २०२५, ब्रिसबेन- अस्ट्रेलियाको सबैभन्दा ठुलो मध्येको एक सुपरमार्केट कोल्सले किचनमा प्रयोग हुने छुराजन्य सामाग्रीहरुको बिक्रिवितरण नगर्ने बताएको छ । क्विन्सल्याण्डको यामाटो भन्ने स्थानमा रहेको कोल्सको एउटा स्टोरमा एक १३ वर्षीय टिनेजरले कोल्सका एक कर्मचारीलाई छुरा प्रहार गरेपछि कोल्सले देशव्यापी भान्साको चक्कु बेच्न बन्द गर्ने निर्णय गरेको छ । ६३ वर्षीय कोल्स कामदारलाई सोमबार साँझ ५ः२५ बजे यामान्टोको वारविच रोड नजिकैको सपिङ सेन्टरमा छुरा प्रहार गरिएको थियो । कोल्सले आज एक विज्ञप्तिमा जारी गर्दै कर्मचारी तथा ग्राहकको सुरक्षाका लागी देशभरका सबै पसलहरूमा भान्सामा प्रयोग हुने चक्कुहरूको बिक्री रोक्ने बताएको हो । तत्काल लागु हुनेगरि कोल्सका सबै सुपरमार्केटबाट यस्ता चक्कुहरु हट्नेछन भने
अर्को ठुलो सुपरमार्केट वुलवर्थ्सले भिक्टोरिमा सन २०२१ मा आफ्नो एक स्टोरमा छुरा प्रहार भएपछी आफ्ना ३५० भन्दा बढी स्टोरहरुमा भान्सामा प्रयोग हुने यस्ता छुराहरुको बिक्रिवितरण बन्द गरिसकेको बताएको छ ।
अक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरि कारबाहि अगाडी बढाइसकेको छ । घाइते ६३ बर्षीय कोल्सकि कर्मचारी सिकिस्त तर स्थिर अवस्थामा रहेको बताइएको छ ।
Leave a Reply