बिरालो बचाउन नायिकाले आगोमा हाम फालेपछी…

९ जनवरी २०२५, लस एन्जलस- अमेरिकाको लस एन्जलस राज्यमा अहिले आगलागी भैरहेको छ । आगलागीका कारण धेरै आर्थिक तथा मानवीय  क्षतीका समाचारहरुसमेत आइरहेका छन । यसैबिचमा एकजना हलिबुडकि नायिका भने एउटा बिरालो जोगाउन आगोले जलिरहेको एक एपार्टमेन्टभित्र छिरिन भन्दा पत्याउन पनि गाह्रो हुनसक्छ ।

कुरा चर्चित टेलिभिजन सो ‘गसिप गर्ल’ मा अभिनय गरेकि समान्था रोज बाल्डविनको हो । उनको घरभएको क्षेत्रमा आगलागी भैरहेको थियो। ” म घर फर्किरहेकि थिए तर सडकमा कारहरु अतिनै सुक्ष्म गतिमा हिँडिरहेका थिए । सामान्य समयमा १०-१५ मिनेटमा पुगिनेमा मेरो जीपिएसले घर पुग्न अर्को दुई घण्टा लाग्ने देकाइरहेको थियो । मैले कारलाई बाटैमा छोडेर दौडने निर्णय गरें । १५ मिनेट डौडिएपछी म मेरो घरमा पुगें ।” समान्थाले डेलीमेलसँगको कुराकानीमा भनिन ।

“घरमा पुगिसकेपछी पनि लुकेर बस्ने बिरालो भेटिनु कम चुनौतिपुर्ण थिएन । लगभग २० मिनेट लाग्यो बिरालोलाई भेट्टाउन ।उनी काउचको कुनाको उनको मनपर्ने स्थानमा बसिरहेकी थिइन । मैले उनलाई पकंडे, बिरालो बोकेर पछाडी भिर्न मिल्ने बिरालो बोक्ने झोलामा हाले र बाहिर निस्किएँ । आगो निकै नजिक आएसकेकाले मेरो कारभएको ठाँउतिर जानु बिकल्प थिएन । त्यसमाथी हावा फैलिएको आगोको धुँवाले सास फेर्न र नजिकैको कुरा देख्नपनि गाह्रो भैरहेको थियो ।” उनले थपिन ।

“मेरो बिरालो र म आगो र समुद्रको बिचमा थियौं । आगोबाट बाँच्ने उपाय भनेको समुद्रतिर जानुनै थियो । म समुद्रतिरै गए र यसरी हिड्दैगर्दा आमालाई फोन गरें र उनलाई ‘I love you’ भने । त्यबेला मलाई बाँच्छु भन्ने लागेको थिएन ।” उनले थपिन ।

Leave a Reply