न्यू क्यासलमा पानीमा डुबेर एक नेपालीको निधन
पार्थिव शरिर नेपाल लैजान सहयोग संकलन गरिदै
मिलन दाहाल
९ जनवरी २०२५, न्यू क्यासल- न्यु क्यासलमा पानीमा डुबेर एक नेपालीको मृत्यु भएको छ । साथीहरुँग बिदा मनाउन न्यु क्यासल गएका एक नेपालीको स्विमिङ पुलमा डुबेर मृत्यु भएको हो । घटना ५जनवरिमा भएको हो । पानी मा डुबेका युवालाई पारामेडिक्सले नजिकैको अस्पतालमा लगेका थिए, २ दिनपछी उपचारको क्रममा उनको निधन भयो । नेपालबाट अस्ट्रेलियामा अध्यायनको सिलसिलामा आएका आमोश देवकोटा २२ बर्षका रहेको र सिड्नी बस्दै आएको बुझिएको छ । आमेशको स्थायी घर नेपालको गोरखा जिल्ला भएको पनि बताइएको छ ।
पाँच जना साथीहरुसँग बिदा मनाउन गएका आमोश पानीमा डुबेर कहिल्यै नफर्कने गरि बिदा भए । यता सिड्नीमा सहेको उनकि दिदीले आमेशको अन्तिम संस्कार गर्न चाहिने रकमको संकलन गर्न ‘गो फन्ड’ मार्फत सहयोगको याचना गरेकि छन । भाइ गुमाउनुको पीडासँगै उनको आर्थिक चपेटामा यहाँले गर्ने सानो सहयोहले पनी दिदी अमिशालाई ठुलो राहत हुनेछ । सहयोगका लागी गो फन्डमा जान यो लिङ्कमा क्लिक गर्नुहोला ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
Leave a Reply