सिड्नीमा अपार्टमेन्टको बाल्कोनी बाट खसेर नेपाली नर्सको मृत्यू
सिड्नीको बालकनीबाट खसेर मृत्यु भएकी महिला नेपालमा भर्खरै बिहे गरेकी रजिस्टर्ड नर्स रहेको खेलेको छ।
३९ वर्षीया दीक्षा दाहाल गत जनवरी २ तारिख बिहान १ः४० बजे पररामट्टा अपार्टमेन्टको बाल्कनीबाट खसेकी थिइन् ।
दाहाललाई बाल्कोनीमा झुण्डिएको देखेर सडकमा उभिरहेका मानिसहरूले ट्रिपल-० मा कल गरेको एक मिनेटपछि प्रहरी आइपुगेको थियो ।
प्रहरी आइपुग्दा उनी आफ्नो अपार्टमेन्ट ब्लकको ड्राइभवेमा भेटिएकि थिइन, र प्रहरीले तुरुन्तै सीपीआर सुरु गरे तर बचाउन सकेनन ।
बुधबार राति ११.४५ बजे दाहालको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि ट्रिपल-० न्युसाउथ वेल्स प्रहरीलाई अपार्टमेन्टको अवस्थाबारे सचेत गराइएको थियो, पृष्ठभूमिमा चिच्याएको आवाजहरूसमेत आइरहेको थियो ।
“त्यस कलरसँग ठोस कुराकानी नभई फोन काटिएपछी कलरलाई ट्रिपल-० बाट थप दुई पटक प्रयास पनि सम्पर्क स्थापित हुन नसकेको डिटेक्टिभ सुपरिटेन्डेन्ट ब्यारी भिन्सेन्टले भने।
परिवारले घटनालाई एक दुखद दुर्घटना भनेको छ । प्रहरीले घटनावारे अनुसन्धान गरिरहेको छ ।
Leave a Reply