एडिलेडमा घट्यो घरको भाउ

२ जनावरी २०२५, एडिलेड- एडिलेडमा लगातार रुपमा बढिरहेको घरजग्गाको मूल्यमा दुइबर्षमा पहिलोपटाक केही ओरालो लागेको छ । अस्ट्रेलियाको घर-जग्गाको मूल्यमा निगरानी गरि जन साधारणलाई यसबारेको जानकारी दिने संस्था ‘प्रोपट्र्याक (PropTrack)’ दुइबर्षदेखी लगातार उकालो चढिरहेको घरजग्गाको मूल्य डिसेम्बर २०२४ मा पहिलोपटक ओरालो लागेको बताएको छ । औसतमा एडिलेडका घरहरुको मूल्यमा ०.१८ प्रतिशतले गिरावट भएको ‘प्रोपट्र्याक’ ले बताएको छ । हाल एडिलेडको शहरी क्षेत्रमा घरको औसत मूल्य अस्ट्रेलियन डलर ७,९५,००० बाट ७,९३, ५६९ मा झरेको छ । गएको एकबर्षको अवधिमा एडिलेडमा घरको मूल्य १३.३५ प्रतिशतले बढेको थियो । एडिलेड आउने मानिसहरुक संख्या घटेका कारण घर-जग्गाको मागमा कमि आएकाले यस्तो भएको हुनसक्ने ‘प्रोपर्टीट्र्याक’ले लेखेको छ । यसका साथै तीब्र रुपमा एडिलेडमा घरहरु बन्ने क्रम बढ्नु पनि मूल्य घट्नु को अर्को कारण हुनसक्ने तर्क राख्छिन ‘प्रोपर्टीट्र्याक’को अर्थशास्त्रि एन फ्लाहर्टि ।

त्यसो त अष्ट्रेलियाभरिनै घरजग्गाको मूल्य पहिलेको तुलनामा केही घटेको छ । अस्ट्रेलियाको राष्ट्रिय तथ्यांक हेर्ने हो भने डिसेम्बर महिनामा ०.१७ प्रतिशतले घटेको देखिन्छ ।

Leave a Reply