तेस्रो अधिवेशन क्यान्बेरामा गर्दै, ‘अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन’
सर्बोत्कृष्ट पत्रकार छनौट समितिमा चिरन्जिवि देवकोटा, तोनु घोताने र प्रतिज्ञा अधिकारी
मिलन दाहाल
३० डिसेम्बर २०२४, एडिलेड- अस्ट्रेलियामा रहेका नेपाली पत्रकारको संगठन ‘अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन'(एन्जा) को तेश्रो अधिवेशन आगामी फे्ुब्रुअरी महिनाको २१ र २२ तारिख शुक्रबार र शनिवार अस्ट्रेलियाको संघीय राजधानी क्यानबेरामा हुने तय भएको छ । एञ्जा कार्यसमिति बैठकले अधिवेशनको स्थान र मिति तय गरेको एन्जाले एक विज्ञाप्ति जारी गर्दै बताएको हो।
अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्वको चयन गर्नेछ । सदस्यताको आवेदन बाइस महिना खुल्ला रहेका कारण अधिवेशनको मिति घोषणा भइसकेपछी अधिवेशन नहुञ्जेलसम्म बन्द रहने र सदस्यहरुले २५ जनवरीसम्म आफ्नो सदस्यता नविकरण गर्न पाउने कार्यसमितिको निर्णय रहेको संस्थाका अध्यक्ष चिरञ्जिवि देवकोटाले बताएका छन ।
तेस्रो अधिवेशन तयारी गर्न अध्यक्ष देवकोटा संयोजक रहनेगरि तिनै उपाध्यक्ष, महासिव, कोषाध्यक्ष, प्रवक्ता तथा पब्लिक आफिसर सम्मिलित अधिवेशन तयारी समिति समेत गठन गरेको छ । अधिवेशनका लागी आवश्यक रकमको जोहो गर्न संस्थाका उपाध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ, जसमा बिनायक अधिकारी, गणेश भट्ट तथा खगेन्द्र सत्याल सदस्य रहेका छन । यसैगरि संस्थाले आफ्नो अधिवेशनका बेला प्रदान गर्ने ‘टीका कार्की स्मृती पुरस्कार’ कालागी अस्ट्रेलियामा क्रियाशिल पत्रकारकारहरु मध्येबाट एकजना छनौट गर्नका लागी संस्थाका अध्यक्ष चिरन्जिवि देवकोटा, कानुनी सल्लाहकार तोनु घोताने र नारीनिकुञ्ज अस्ट्रेलियाकि पुर्व संयोजकसमेत रहिसकेकि समुदायकि सक्रिय सदस्य प्रतिज्ञा अधिकारी सम्मिलित उत्कृस्ट पत्रकार छनौट समिति समेत बनाएको छ ।
कार्यसमितिको निर्णयअनुसार अब उप्रान्त यस संस्थाको सदस्य हुनका लागी अस्ट्रेलियन डलर १ सय लाग्नेछ भने अधिवेशनमा सहभागी हुन चाहनेले थप १ सय डलर सहभागिता शुल्क तिर्नु पर्नेछ ।
Leave a Reply