एनआरएन निर्बाचन: साउथ अष्ट्रेलिया अपडेट
गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनको सदस्यता आवेदनको आन्तिम दिन नजिकिदै गर्दा निर्वाचनको मितिबारेको आन्यौलता कायमै छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले कोभिडलगायतको कारण देखाउदै निर्वाचनको मिति अगष्ट अन्तिममा सार्नका लागी अन्तराष्ट्रिय समन्वय समितिसमक्ष गरेको अनुरोध आगामी अधिवेशन समयमै गर्नुपर्ने बाध्यता देखाउदै समितिले सार्न नसकिने संकेत गरेपछी पुरानै मिति अर्थात जुलाई ३१ मा नै निर्वाचन गर्नुपर्ने वाध्यता एनआरएनए अष्ट्रेलियाका सामु छ ।
यता साउथ अष्ट्रेलियामा तीन-तीन जनाले राज्य संयोजकको पदमा उम्मेद्वारी घोषणा गरेका छ । रोचक के छ भने उम्मेद्वारी घोषणा गर्ने तीनैजना महिला रहेका छन । साउथ अष्ट्रेलियाको राज्य संयोजक पदमा उम्मेद्वारी घोषणा गर्नेगरुमा प्रजिता गेलाल, सन्तोषी गौतम र रेनुका लामा रहेका छन । गेलाल र लामा यसअघिपनि राज्य संयोजक पदको उम्मेद्वार रहिसकेका छन भने सन्तोषी गौतमले गत कार्यकालमा उपसंयोजक पदको अनुभव सम्हाली सकेकी छन । गेलाल सन २०१७-१९ कार्यकालमा अशोक केसीसँग पराजित हुन भने लामा २०१९-२१ कार्यकालमा नबीन पन्तसँग पराजीत हुन ।
आफुलाई अब्बल उम्मेद्वार देखाउन तीनै जनाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई बिजेता बनाउन आग्रह गरिरेका छन । रेनुका लामाले आफूले निर्वाचन जितेको खण्डमा साउथ अष्ट्रेलियामा नेपाली बहुसांस्कृतिक भवनको निर्माणार्थ समुदायका लागी जग्गा दान गर्ने घोषणा नै गरेकी छन । हेर्नुहोस लामाको उम्मेद्वारी घोषणा:
साउथ अस्ट्रेलिया मा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुमा म रेनुका लामा को हार्दिक नमस्कार ।
प्रवासमा नेपाली बहुसंस्कृति , भाषा एवं रितिरिवाजको संवर्धन एवं प्रवर्तन, हामी सम्पूर्ण नेपालीको जीवनशैलीका विविध पक्षहरुको सहजता, अथाह संभावना बोकेर अष्ट्रेलीयामा मौलिंदै गईरहेको वर्तमान गतिशील पुस्ता लाई समाजको केन्द्रविन्दु मा स्थापित गराउदै सृजनात्मक बाटोमा डोर्याउने लगायतका विविध गतिविधि संगै वित्तीय सहायता, यहा सिकेका क्षमता एवं नवीन सिपलाइ आफ्नो देश सम्म पुर्याउने र मातृभूमिलाई योगदान गर्ने जस्ता स्पष्ट उद्देश्यहरु संगै स्थापित गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलीयाको सदस्य बनिदिनु हुनका लागि सर्वप्रथम यहॉहरु सम्पूर्ण लाई हृदय देखिनै सादर अनुरोध गर्दछु ।मैले गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलीया को २०१७ -२०१९ को कार्यसमिति मा उपाध्यक्ष पदमा रहेर कार्य गरेको अनुभव प्रयोग गर्दै आफ्नो समुदाय संग अझ नजिक रहेर उर्जाशिल एवं समुदायको बृहत्तर हितका विविध कार्यक्रमहरु एवं नेपाली बहुसाँस्कृतिक विविधताको केन्द्रको रुपमा हुने सामुदायिक भबन निर्माण अभियानको हामी सबैले देखेको सपना साकार पार्न- पहिलो पाइला को रुपमा मैले मेरो व्यक्तिगत साधन श्रोत र समुदाय को प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता बाट मेरै कार्यकाल भित्र सानो आर्थिक कोष सहीत भवन निर्माण का लागि जग्गा प्रदान गर्ने र उक्त कार्य यसै समुदाय का अग्रज व्यक्तित्यहरु को सरसल्लाह र ठोस कार्यक्रम एब योजना का साथ काम गर्ने अठोट गरेकी छु र यसको प्रतिबद्धता सहीत म रेनुका लामा गैर आवासीय नेपाली संघ को २०२१-२०२३ को कार्यकाल का लागि हुने आगामी निर्वाचनमा साउथ अष्ट्रेलियाको स्टेट कोअर्डीनेटरको रुपमा आफ्नो उमेदवारी दिने घोषणा गर्दछु ।साथै हामीले बनाउने योजना र गर्ने कार्यहरु सिंगो समाज को लागी हो र यो अभियान मा हामी सबै हातेमालो गर्दै सँगै हिड्यौ भने हाम्रा योजनाहरु अझ तीब्र गतिमा सम्पन्न हुन पाउछन् र सबै नेपाली ले यसबाट गर्व र अपनत्व महशुस गर्नुहुनेछ भन्ने मैले आशा लिएकी छु साथै हामी सँग भएका बिबिध बिचारहरु र आस्थाहरुलाई समान रुपले सम्मान गर्दै सबैको उच्चतम सम्मान र आदर सद्भाव का साथ अघि बढ्ने अठोट समेत व्यक्त गर्दछु।
अझ समाजलाइ सेवा गर्छु भन्ने भाबना सहित उम्मेद्वारी दिन आउनु हुने सबैलाइ आह्वान समेत गर्न चाहान्छु, आउनुस यस अभियान लाई पूर्णता दिन सगसगै यात्रा गरौं । बिचार्, आस्था लाइ सन्तुलित स्थान दिदै सामूहिक र सामाजिक भाबना लाइ बढी महत्व दिउ र समाज मा एउटा महत्त्वपूर्ण योगदान दिने कार्यमा हातेमालो गरौं।
उता सन्तोषी गौतम भने आफूले बिगतदेखी नै साउथ अष्ट्रेलियाको नेपाली समुदायका लागी योगदान गरिरहेको बताउदै नेपाली समुदायमा हुने बिभिन्न कार्यक्रमहरुको निरन्तरताका लागी आफ्नो अपरिहार्यता बढी रहेको तर्क राख्छिन । हेर्नुहोस गौतमको उम्मेद्वारी घोषणा
एडिलेड नेपाली समाजको स्थापनाकालदेखी नै सदस्य, सचिव र अध्यक्षको जिम्मेवारीलाई पूर्ण रूपमा सफल बनाई अन्य सामाजिक संस्थाहरुमा रहेर सामाजिक कार्यहरुमा सहभागि हुँदै आएको तपाईंहरुलाई अवगतै छ । यहाँ हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपाली कला संस्कृति र भाषा सिकाउने उद्देश्यका साथ संचालनमा रहेको एडीलेड नेपाली बिद्यालयमा समेत स्थापनाकाल देखि शिक्षिकाको रुपमा समय दिदै आएकी छु। नेपाल देखि नै सामाजिक रुपमा सकृय भएर नेपाल रेडक्रस सोसाईटि , लायन्स क्लब , तथा महिलाहरुको पाठेघर सम्बन्धि निशुल्क स्वस्थ शिबिरहरु संचालन गर्ने अभियानहरुमा समेत सकृय रहेको थिए। बिगत २ वर्ष देखि एनआरएनए साउथ अस्ट्रेलियाको डेपुटी संयोजकको रुपमा काम गर्दै आए। यस अभियानमा रहेर थुप्रै कामहरु गर्ने अवसर मिल्यो। यस बीचमा मेरियन काउन्सिलमा JP को रुपमा स्वयंसेबक गरेको छु भने लायन्स क्लब , क्यान्सर काउन्सिल लगायत सँस्थाहरुसँग सहकार्य गरेर कार्यक्रमहरु समुदायमा लिएर आयौ।
यहि उर्जा र अनुभबहरुलाई बटुल्दै अब आउने सत्रमा समेत स्टेट संयोजक पद बाट निरन्तरता दिने प्रतिबद्ता यहाँहरु माझ ब्यक्त गर्दछु ।
यसैगरी आफूलाई झुमीझुमी गर्ल भन्न रुचाउने प्रजिता गेलाल आफू सत्यका लागी लड्ने भएकाले आफ्नो उम्मेद्वारी उत्तिकै महत्वपुर्ण भएको दाबी गर्छिन । यस्तो छ प्रजिता गेलालको उम्मेद्वारी घोषणा:
नमस्कार,म तपाई हरुकै चिर परिचित गायिका “झुमी झुमी गर्ल”, प्रजिता गेलाल!
for the 1st time in the history of NRNA South Australia and I think also that of whole NRNA Australia, and independent team have come forward for this up coming NRNA election.Please support Our Independent and unbiased team andPlease vote for Usसाउथ अस्ट्रेलिया मेरो कर्मभुमि हो, मैले समाज मा प्रत्यक्छ, अप्रत्यक्छ सधै सामाजिक हित को लागि, आफ्नु देश को नाम राख्न, आफ्नु देश को चाडपर्व संस्कृति जोगाउन, र मद्दत चाहिएको लाइ कर्म भुमिमा, जाहिपनी र जन्मभूमि सबै तिर सहयोग सधै गरेकैछु र गर्नेछु!याहा, समाज मा राम्रो नराम्रो जे जे हुदा मैले आफ्नु फाइदा, घाटा नहेरी आफ्नु लागि हैन समाजको हितको लागि प्रस्ट बोलिरखेकै हु,सधै बोल्नेछु र धेरै कुरा सच्याउन मदत पुगेकैहो, सचिएकैहो! निस्पकछ्य काम गरिराकैहु, गर्छु! मैले सधै भन्ने गरेको छु, सानो समूह छ, सबैजना जुटेर जाउ, नेपाली कलचर, सस्कृति जोगाउन सधै लागेकै हु र सधै लाग्छु!साउथ अस्ट्रेलिया बासी र यहाँ को सबै संघ संस्था संग हातेमालो गरेर सधै हिडेकैहु, फेरी पनि बिस्वासिला, नैतिकबान व्यक्तिहरु जो टिममा आउनु हुन्छ, यहा हरु सँग सहकार्य जारी राख्नेछु र कोही ढोगीपन्, नाटक गर्छन र अरुलाइ अन्याय गर्छन भने त्यसको निरन्तर घोर निन्दा र विरोध गरी नै रहनेछु ।यो गर्छु उगर्छु भनेर गर्न नसकिने ठुलो कुरा गर्दिन, सक्ने काम मा सधै अग्रसर भएर गरेकै छु गर्छु!तपाई हरुलाई थाहैछ, मलाई झुटो बोल्न आश्वाशन दिन मलाई कहिले आउदैन जेछ म अगाडिनै भन्छु बोल्छु!यही समाज मा बस्ने हुँदा यो समाज को हरेक गतिविधि र विकासक्रम लाइ मैले आत्मसाथ गर्दै जानु पर्छ भन्ने कुरामा म विश्वस्त छु । तर समाज मा हुने र भएका केही विकृति र पक्षपात हरु हुदा प्रखर रूपमा आफ्नो धारणा राख्ने भएकै कारण मलाइ कहिले काहि यहा का बुद्धिमानी र अगुवा भन्ने महानुभाब बाट भने नियोजित प्रहार समेत हुने गरेकोे कुरामा तपाइँ हरु पनि अबगत हुनु हुन्छ भन्ने म बिस्वास गर्दछु। यहीं क्रममा मैले कहिलेकाहीँ गाली-गलौज समेत गर्नु परेको अबस्था छ र यो सब सत्यको बाटो मा हिँड्दा कैले काहि तिर्नु पर्ने मूल्य को रूपमा लिएको छु र यसलाइ हजुर हरुले सामान्य रूप मा लिनु हुन म अनुरोध समेत गर्दछु।म सत्य को लागी लड्ने भएकोले अहिले पनि मेरो उमेदवार उत्तिकै महत्त्वपूर्ण छ भन्ने मेरो बिस्वास छ ।मलाइ तपाइले मत दिनु भनेको सत्य पंक्ति मा उभिनु हो जुन यहा हरु ले गर्नु हुनेछ।
मलाई यो चोटी पनि विश्वास गर्नुहोस! सधैझैँ तपाई हरु को विश्वास, माया र सपोर्ट पाएपछि म जेपनि गर्न सक्छु, तेस्ले मलाई एकदमै प्रोत्साहित गराउछ र येस्पलिको NRNA साउथ अस्ट्रेलिया को चुनाब म़ा म़ आफ्नु लाइ CO-ORDINATOR मा नोमिनेशन दिदैछु! धन्यबाद ।
राज्य संयोजकमा जो सुकै बिजेता बनेपनि साउथ अष्ट्रेलियाले एनआरएनएको नेतृत्वमा महिला पाउने निश्तित भएको छ । संयोजक पदमा उत्साहजनक रुपमा तीनजनाको उम्मेद्वारी परिरहदा अन्य पदहरुमा भने खासै उत्साह देखिएको छैन । हालसम्म उप-संयोजक पदमा प्रतिष्ठा गौतम र संजय पुरी, सचिबमा बिनोद बानिया र छेदा लामा, सहसचिबमा सन्तोष बस्नेत र शंकर भट्टराई, सदस्यमा तुङ्ग बानिया, नारी निकुञ्ज संयोजकमा अनिता लम्साल, युवा संयोजकमा लोकेश भन्डारी र दिमन राजोउपाध्यायको उम्मेद्वारी आएका छन भने । यसका साथै कल्याण पन्तले राष्ट्रिय समन्वय समितिमा समेत उम्मेद्वारी घोषणा गरेका छन ।
Leave a Reply