बढ्नछोडे अष्ट्रेलियामा कोरोनाका बिरामी, लकडाउन खुकुलो बनाउने तयारी

अष्ट्रेलियाको कोरोना बिरुद्धको लडाइँ सफलता तिर बढ्दै गएको छ । कोरोनाको बिरामी बढ्ने क्रम उल्लेख रूपमा घटेपछी संघीय तथा राज्य सरकारहरूले लकडाउन खुकुलो बनाउने तयारी गरेका छन । न्यू साउथ वेल्स राज्यमा एकअर्काको घरमा जान लगाइएको प्रतिबन्ध गत हप्ता देखीनै खुकुलो बनाउदै श्रीमान श्रीमती र बालबच्चा साथीभाइकोमा जान मिल्ने बनइएकोमा त्यसलाई बढाउँदै पब तथा रेष्टुरेण्टहरू खुल्ला गर्न लागिएको राज्य सरकारहरूलाई उधृत गर्दै सञ्चारमाध्यमहरूले बताएका छन ।

यसरी लकडाउन खुकुलो बनाउने पहिलो राज्यमा क्विनसल्याण्ड रहेको छ । क्विनसल्याण्डमा अत्यावश्यक सामाग्री एवं औषधी किन्न, आफ्नो परिवारजनको हेरचाह गर्न लगायतका बिभिन्न आठ अपरिहार्य अवस्थामा मात्र घर बाहिर जान मिल्ने नियम रहेकोमा अब उप्रान्त सबैखाले सामाग्री किन्न, पिकनिक, २ जनासम्म ५० किमीसम्मको ड्राइभ जान लगायतमा जान सकिने बनाइएको छ । साथै क्विइन्सल्याण्डका राष्ट्रिय निकुञ्जसमेत खुला गरि सकिएको छ ।

साउथ अष्ट्रेलिया र नर्दन टेरिटरीमा पनि कोरोनाका नयाँ बिरामी भेटिन छाडेपछी लकडाउन केही बनाइएको छ । साउथ अष्ट्रेलियामा बिगत दश दिनदेखी कोरोनाका नयाँ बिरामी फेला परेका छैनन ।

देशैभरि कोरोनाको प्रभाव कम हुँदै जाँदा अष्ट्रेलियाको केन्द्रीय सरकारले लकडाउन खुकुलो पर्ने संकेत गर्दै पव, जीम र खुद्रा पसलेहरुलाई पसक खोल्ने तयारी गर्न सुझाएको छ । यद्दपि लकडाउन कहिलेदेखी खुकुलो हुने भन्ने बिषयमा भने सरकाले केही भनेको छैन ।

Leave a Reply