‘सेल्फ आइसोलेट’ नगर्नेलाई ८ हजार ५ सय डलरको सजाय
कोरोना भाइरसको संक्रमण बढीरहेको बेला तास्मानिया सरकारले ‘सेल्फ आइसोलेट’ नगर्नेलाई ठूलो आर्थिक सजाय गर्ने घोषणा गरेको छ । उक्त राज्यका प्रिमियर पिटर गट्विनले सोमबार जनस्वास्थ निर्देशकको निर्देशन नमान्नेलाई कारवाहि गर्न सक्ने शक्ति राज्यमा निहित रहेको बताए ।
“जनस्वास्थ निर्देशकको निर्देशन नमान्नेलाई अष्ट्रेलियन डलर ८ हजार ५ सय सम्मको सजाय गर्न सकिने कानुनी व्यवस्था रहेको छ । हामीले चाँडै उक्त सजाय लागु गर्ने तयारी गरिरहेका छौं ।” गट्विनले थपे ।
नेपालबाट फर्किएर कोरोना भाइरसको परिक्षणको प्रतिक्षा कुरिरहेका विद्यार्थीलाई दिइएको ‘सेल्फ आइसोलेट’ को सल्लाहलाई लत्याउदै उनी काम तथा कलेज गएपछी प्रिमियरको यस्तो कुरा सार्वजनिक भएको हो ।
तास्मानिया पहिलो कोरोना भाइरस बिरामी इरानबाट फर्किएका चालिस बर्षीय र नेपालबाट फर्किएका २० बर्षीय दुबैले ‘सेल्फ आइसोलेट’ नगरेपछी सरकारले यस्तो तयारी आगाडी आएको हो ।
Leave a Reply