भिक्टोरीयामा इनासको नयाँ कार्यसमिति चयन
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार तथा साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तरास्ट्रिय नेपाली कलाकार समाज (इनास) को भिक्टोरिया राज्य समितिको चयन गरेको छ । इनासका ओसेनिया संयोजक, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सक्रियतामा सम्पन्न उक्त नव कार्यसमिति चयन कार्यक्रममा भिक्टोरियामा रहेका बिभिन्न नेपाली संघ-संस्थाहरुका प्रतिनिधि, समाजसेवी, संचारकर्मी, शुभचिन्तक एवं कलाप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । डिसेम्बर ०८, आइतबारका दिन बिग बेल्ली कोबर्ग रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा सर्बसम्मत रुपमा कार्यकाल २०१९-२०२१ का लागी नयाँ कार्यसमिति सयन गरिएको थियो । नव गठीत कार्यसमितिको अध्यक्ष गौतम लामिछाने, उपाध्यक्ष पार्बती पहारी र बिराज थापा, सचिव उज्ज्वल अधिकारी, कोषाध्यक्ष अनु पाण्डे र प्रबक्ता मनोज पौडेल रहेका छन । यसैगरि सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन रहेका छन ।
भेलाले कार्यसमितिको संरक्षकमा सुशील चालिसेलाई चयन गरेको छ भने समितिको पहिलो बैठकले थप संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने जानकारी दिइएको छ । कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई इनासका ओसेनिया को-ओर्डीनेटर सुशील चालिसेले सपथ ग्रहण गराउनुका साथै सम्पूर्ण कार्य समितिका पधाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको सुभकामना सहित प्रमाणपत्र वितरण गरिएको थियो । नवगठित कार्य समितिका सदस्यहरुले बिश्वभर छरिएर रहेका नेपाली कलाकर्मी तथा साहित्यकर्मी र नेपाली कला, साहित्य र संस्कृतिलाई माया गर्ने गैर नेपाली कलाकारकर्मी तथा साहित्यकर्मीहरुलाई संस्थागत रूपमा एकत्रित गरी नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने ( International Nepalese Artist Society, INAS ) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको मुख्य उदेश्यलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गरेका थिए । भेलालाई अष्ट्रेलिया अध्यक्ष बिकाश शर्मा पोखरेल र ग्लोबल बरिष्ठ उपाध्यक्ष रामचन्द्र थापाले भिडियो भिडियो सन्देशमार्फत स्वागत तथा सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Leave a Reply