श्रीमतीद्वारा मारिएका सन्तोषको पार्थीव शरीर नेपाल पठाइयो, छोरी आफन्तसँग

सिड्नीमा श्रीमतीसँग भएको झगडाका क्रममा मारिएका नेपाली सन्तोष गौतमको पार्थीव शरीर नेपाल पठाइएको छ । पोष्टमार्टम सकेर प्रहरीले लास आफन्तलाई दिएपछी गत बुधबार नेपाल पठाइएको हो । गत मंगलवार नेपाली समुदायले उनको पार्थीव शरीरमा श्रदाञ्जली अर्पण गरेपछी परिवारको चाहनाअनुसार बुधबार अन्त्येष्टीका लागी उनको पार्थीव शरीर नेपाल लगिएको हो ।  श्रीमती उनकै हत्या अभियोगमा प्रहरी हिरासतमा छिन भने उनकी ८ बर्षीय छोरी उनका साथीको परिवारसँग । 

गौतमका दुइ दाजुभाइले बिहिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गौतमको लाश बुझ्ने छन । गौतमको गत नोभेम्बर २३ मा श्रीमतीसँगको झगडाको क्रममा मृत्यु भएको थियो । अष्ट्रेलियन प्रहरीले घटनालाई घरेलु हिँसाको आशंका गरेको छ र सोही अनुरुप अनुसंधान गरिरहेको बताएको छ । सन्तोषको पार्थीव शरीर नेपाल पठाउन उनका साथीहरुले आन्तरिक रुपमा गरेको सहयोग संकलनमा १० हजार डलरभन्दा बढी संकलन भएको बुझिएको छ । 

Leave a Reply