सुँगुरका मासुका कारण अष्ट्रेलियाको भिषा रद्द, ३ बर्षसम्म आवेदन दिन नपाउने
अष्ट्रेलियाको जैविक सुरक्षा नियमलाई पालन नगरेको भन्दै अष्ट्रेलियाको अध्यागमनले हालसालै एकजनाको भिषा रद्द गर्नुका साथै उनलाई तीन बर्षसम्म अष्ट्रेलियाको भिषा आबेदन गर्न नसक्ने गरि सजाय दिएको छ । घटना सिड्नी अन्तराष्ट्रिय बिमानस्थलको हो ।
अष्ट्रेलिया प्रवेश गर्नु अघि अष्ट्रेलियाको कानुन अनुसार प्रवेश गर्न चाहनेले आफ्नो झोलामा के के सामान छन भन्नेबारेमा अध्यागमनले उपलब्ध गराउने फारममार्फत अध्यागमनलाई लिखित रुपमा जानकारी गराउनुपर्ने हुन्छ । भियतनामबाट टुरिस्ट भिषामा अष्ट्रेलिया आउदैगरेकि एक महिला यस्तो फारममा त्यस्तो केही उल्लेख गरेकि थिइनन तर अष्ट्रेलियाको अध्यागमनले एयरपोर्टमा जाँच गर्ने क्रममा उनको झोलामा साढे चार किलो सुँगुरको मासु भेटेको थियो ।
अष्ट्रेलियाका कृषिमन्त्री ब्रिजेट म्याकिन्जिले भिषा रद्द हुनुले अष्ट्रेलियाले यहाँको पर्यावरण, उद्धम र अर्थतन्त्रलाई नकारात्म प्रभाव पार्ने कुरा नसहिने कुरा देखाएको बताएका छन ।
Leave a Reply