‘एनआरएनएको निर्वाचन पुन गराइनुपर्छ’
११ जुलाई २०१९, मेलबर्न- गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको ६ जुलाईमा भएको निर्वाचनको परिणाममा भएको गम्भिर त्रुटीपछी असन्तुष्ट पक्षहरुले पुन निर्वाचन गराउनुपर्ने माग राखेका छन । सुचना प्रविधिका क्षेत्रमा कार्यरत रहेका मेलवर्नका गनेशराज गौतमले निर्वाचन आयोगले उपलब्ध गराएको नतिजा भेरो भोटिङले जेनेरेट गरेको नभइ वर्डमा टाइप गरेर ‘पीडिएफ’मा कन्भर्ट गरि उपलब्ध गराइएको दाबीसमेत गरेका छन । यसका साथै गैर आवासीय नेपाली संघको वेभसाइटमा राखिएको नतिजासमेत एक्सलमा जेनेरेट भएको ४ मिनेटपछी ‘मोडिफाइड’ गरिएको उनको भनाइ छ । उनी भिक्टोरीया राज्यबाट एनआरएनएका सचिवका उम्मेद्वारसमेत हुन ।
परिणामबाट असन्तुष्टहरुले गैर आवासीय नेपाली संघको निर्वाचन परिणामको ‘फरेन्सिक’ अनुसन्धान गरिनुपर्ने भनेर पेटिशनसमेत शुरु गरिसकेकाछन । उनिहरुले एनआरएनए अष्ट्रेलियाको निर्वाचन संघको विधानअनुसार नगराइएको र संघका पधाधिकारीहरुले संघकै अन्य पदाधिकारी तथा सदस्यहरुले सदस्यता विवादका सम्बन्धमा उठाएका प्रशनहरुको चित्तबुझ्दो सम्बोधन नगरेको, विधानविपरितको निर्णय र अभ्यास गरेको भन्दै रुष्ट बनेका छन ।
उनीहरुले निर्वाचन समितिले उपलब्ध गराएको मतपरिणाममा गम्भिर त्रुटिहरु भएको भन्दै परिणामको ‘फरेन्सिक अनुसन्धान’ गराइ सदस्यहरुलाई सही मतपरिणाम उपलब्ध गराउन र मतपरिणामको हेरफेरमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाहि गराउन एनआरएनए अष्ट्रेलिया, निर्वाचन समिति र अन्तराष्ट्रिय समनवय समितिको समेत ध्यानाकर्षण गराएका छन । पाँचसयजनाको समर्थन लिनेगरि शुरुगरिएको पेटिसनमा विहिवार बिहानसम्म ३६० जनाभन्दा बढीले समर्थन जनाइसकेका छन ।
Leave a Reply