एनआरएनए अष्ट्रेलियाको लोगो प्रयोग गर्नेको उम्मेद्वारी खारेज हुने
१ जुन २०१९, मेलबर्न- गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन नजिकिँदै गर्दा प्रचार प्रसारका सामाग्री बनाउन सबैलाई भ्याइनभ्याइ छ । सबैले आफ्ना प्रचारका समाग्रीमा ठूला ठूला एनआरएनएका लोगो राखीरहेका छन ।
यस्तो अवस्थामा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष तोनु घोतानेले भने यसरी प्रचारको सामाग्रीमा एनआरएनएको लोगो प्रयोग नगर्न भनेका छन । उनले एनआरएनएको लोगो प्रयोग नगर्न र गरेको पाइएमा उम्मेद्वारी खारेज हुने समेत बताएका छन ।
भर्खरै अष्ट्रेलियाको संघीय कानुन अनुसार दर्ता भएको संघको विधानका अनुसार उम्मेद्वारीका सामाग्रीमा संघको लोगो राख्नु गैर कानुनी भएको घोतानेले बताएका छन ।
विगतदेखि नै एनआरएनए अष्ट्रेलियाका पदहरूमा उम्मेद्वारी दिनेहरूले प्रचार सामाग्रीमा संघको लोगो प्रयोग गर्दै आइरहेका छन । यसअघिनै प्रचार सामाग्रीमा लोगो राखिसकेकाको हकमा भने यो व्यवस्था लागु नहुने र अब उप्रान्त प्रचार सामाग्री बनाउदा एनआरएनएको लोगो नराख्न घोतानेले आग्रह गरेका छन ।
Leave a Reply