एनआरएनए निर्वाचनलाई लक्षित गर्दै इनासको “कार्कीको भोट” सार्वजनिक
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको निर्वाचन नजिकिँदै गर्दा इनास साउथ अष्ट्रेलियाले निर्वाचन लक्षित जनचेतनामुलक “छोटो चलचित्र” सार्वजनिक गरेको छ । इनास साउथ अष्ट्रेलियाको ब्यानरमा निर्माण भएको उक्त छोटो चलचित्रमा निर्देशन आरसी थापाले गरेका छन भने अभिनय आरसी थापा, बिकास शर्मा पोखरेल, मिलन दाहाल, नारायण खड्का, एलिना पाण्डे र बिपना थापाले गरेका छन ।
“कार्कीको भोट” नाम दिइएको उक्त छोटो चलचित्रले भरपुर मनोरञ्जन सँग सँगै सामाजिक सन्देश दिने दाबी गरिएको छ । अष्ट्रेलियामा एनआरएनएको निर्वाचन नजिकिँदै गर्दा मतदातालाई आफ्नो स्वतन्त्रताको प्रयोग गर्दै प्रवासमा हुर्कदै गरेको नेपाली समुदायलाई समयानुकूल योगदान दिनसक्ने नेतृत्व चयन गर्न प्रेरित गर्ने इनास अष्ट्रेलियाका अध्यक्ष बिकास शर्मा पोखरेल बताउँछन् ।
“कार्कीको भोट” तलको लिङ्कमा गई हेर्न सकिन्छ
Leave a Reply