साउथ अष्ट्रेलियामा रुघा खोकीका कारण १० को मृत्यु
७ मे २०१९, एडिलेड- सुन्दा पत्याउन गाह्रो होला तर कुरा सत्य हो । चिसो मौसम शुरु भएयता साउथ अष्ट्रेलियामा रुघा खोकीका कारण १० जनाको मृत्यु भइसकेको छ । साथै यसबर्ष रुघाखोकीका ११ हजार बिरामी रुघाखोकीका बिरामी भेटिसकिएको छ, यसलाई साउथ अष्ट्रेलिया स्वास्थ बिभागले ‘कहिल्यै नभएको’ भनेको छ ।
१ जनावरी यता १५ देखी ९२ बर्षसम्मका गरि १० जानको मृत्यु भइसकेको एसए हेल्थले जानकारी दिएको छ ।
साउथ अष्ट्रेलियामा सुघाखोकीबाट मर्नेहरुको संख्या बढी छ । एसए हेल्थको तथ्याकंअनुसार सन २०१८ मा रुघाखोकीबाट १८ जनाको मृत्यु भएको थियो भने सन २०१७ मा १२४ जनाको मृत्यु भएको थियो ।
एसए हेल्थका प्रमुख चिकित्सा अघिकृत प्याड्डि फिलिप अन्य बर्षको तुलनामा यस बर्ष अत्याधिक रुघाखोकीका बिरामी भेटिएको बताँउदै सुरक्षित रहन फ्लुको भ्याक्सिन लगाउन सुझाउछन ।
Leave a Reply