न्यु साउथ वेल्समा मदिरा सेवन गरि सवारी चलाए लाइसेन्स गुम्ने
६ मे २०१९, सिड्नी- अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा मदिरा सेवन गरि सवारी चलाइ तुरुन्त लाइसेन्स गुन्मेगरि कानुन संसोधन भएको छ । नयां कानुन २० मे बाट लागु हुने बताइएको छ ।
नयां कानुनअनुसार ‘लिगल लिमिट’ भन्दा बढी मदिरा पिएर सवारी चलाएको पाइए अष्ट्रेलियन डलर ५६१ जरिवाना लाग्ने र सवारी चालक अनुमतिपत्र तत्काल खारेज हुनेछ । न्यु साउथ वेल्सका सडक मन्त्री एन्ड्रिउ कन्सटेन्सले राज्यमा मदिरा सेवनका लागी शून्य सहनसिलता भएको जानकारी दिएका छन अष्ट्रेलियामा ०.०५ सम्म रगतमा मदिरा देखिनेगरि मदिरा सेवन गरि सवारी चलाउन अनुमति छ ।
अष्ट्रेलियामा करिब चार दशकदेखी ०.०५ सम्म रगतमा मदिरा देखिनेगरि मदिरा सेवन गरि सवारी चलाउन अनुमति रहेकोमा अब उप्रान्त यस्तो छुट नहुने बताइएको छ ।
अष्ट्रेलियामा हुने दुर्घटनामध्ये सबैभन्दा बढी मदिरा सेवन गरि सवारी चलाएको कारण हुनेगरेको तथ्याङहरुले देखाउने गरेको छ । अ
Leave a Reply