दिनेश पोखरेलले दिए अष्ट्रेलियन एनआरएनएलाई बधाई

२ मे २०१९, सिड्नी- गैर आवासीय नेपाली संघ अष्ट्रेलिया यसपालीबाट अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा बढी एनआरएनए सदस्य भएको देश भएको छ । यस अवशरमा एनआरएनए अष्ट्रेलियाको अध्यक्ष उम्मेद्वार दिनेश पोखरेलले सम्पुर्ण अष्ट्रेलिया बासी नेपालीलाई बधाइ दिएका छन । संघको प्रारम्भिक जानकारी अनुसार सदस्यता संख्या यसबर्ष ११,८१७ पुगेको छ ।

अप्रत्यक्ष रूपमा लामो समयदेखि र कार्यसमितिमा रही सन २०१३ देखी निरन्तर एनआरएनए अष्ट्रेलियामार्फत समुदायको सेवा गरिरहेका पोखरेल अध्यक्ष पदका प्रवल दाबेदार मानिन्छन ।

Leave a Reply