एकै घटनामा २८ डिमेरिट प्वइन्ट गुमेपछी..
२५ अप्रिल २०१९, सिड्नी- अष्ट्रेलियामा रोजगारीका लागी सवारी कति अनिवार्य छ, सबैलाई राम्री थाहा छ । जोसमा होस गुमाउदा सवारी चालक अनुमतिपत्र खारेजीमा परेका थुप्रै घटना हामीले सुनेका छौं । झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ तर घटना सत्य हो । गत हप्ताको इस्टर बिदामा एक युवतिले एकै पटकमा २८ डिमेरीट प्वइन्ट प्राप्त गरेकि छन् । घटना सिड्नीको हो ।
न्यु साउथ वेल्स प्रहरीले सवारी चलाउदै गर्दा मोवाइल चलाएको देखेपछी M2 हाइवेमा एक कार रोक्यो । कार २४ बर्षीय युवतीले चलाएकि थिइन र पछाडिको सिटमा थिए ३ जना वालवालिका । तीनैजना वालवालिका कारसिटमा भएको भएपनि ति मध्ये एकजनाको सिटवेल्ट राम्रो सँग बाँघिएको थिएन । केहिबेरमा प्रहरीले कुनैपनि बच्चाको सिट कारमा सही तरिकाले नराखिएको पनि पत्ता लगाए ।
उनलाई बच्चाको सिट राम्रो सँग नबाँधेको र सवारी चलाउदा मोबाइल चलाएको गरी चार गल्तिका लागी जिम्मेवार ठहर्याइयो, जसको सजाय स्वरुप उनले अष्ट्रेलियन डलर १,३४८ र २८ डिमेरीट प्वइन्ट प्राप्त गरिन ।
Leave a Reply