एनआरएनए प्रतिको प्रवासीको धारणा परिवर्तन गर्न भूमीका खेल्छु: रेनुका लामा
२१ अप्रिल २०१९, एडिलेड- गैर आवासीय नेपाली संघको निर्वाचन नजिकिदै गर्दा साउथ अष्ट्रेलियाको माहोल एकाएक तातेको छ । केही अघिसम्म साम्य रहेको वातावरण दुईजनाले संयोजक पदका लागी आफ्नो उम्मेद्वारी घोषणा गरेसँगै तातेको हो । शुक्रवार नबिन पन्तले सामजिक सञ्जालमार्फत आफुले संयोजक पदका लागी उम्मेद्वारी दिने घोषणा गरेको दुइदिनपछी वर्तमान राज्य समितिमा उप-संयोजक रहेकी रेनुका लामाले उम्मेद्वारी घोषणा गरेपछी माहोल एकाएक तातेको हो ।
‘नेतृत्व र व्यवस्थापन’ बिषमा स्नाकोत्तर गरेको बताउने लामा आफु लामो समयदेखी एडिलेडमा बसोबास गरिरहेको सुनाउछिन । लामा आफुसँग करिब १ दशकको अष्ट्रेलियामा नर्सिङ क्षेत्र अन्तर्गत बिभिन्न लिडरसिप क्षमतामा काम गरेको अनुभव रहेको बताउँछिन । सन् २०१२ मा एडिलेड नेपाली समाज गठन भएसँगै औपचारीक रुपमा उक्त संस्थाको संस्थापक कोषाध्यक्षको रुपमा एडिलेडको नेपाली समुदाय सेवा प्रवेश गरेकी लामा गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलिया राज्यसमितिमा सन् २०१७-१९ कार्यकालमा उप-संयोजकका रुपमा नेपाल फेस्टिवल, विद्यार्थीका लागी विच सेफ्टि कार्यक्रम, नारीहरुका लागी घरायसी हिंसा तथा मानसिक स्वास्थ सचेतना कार्यक्रम, अभिभावकका लागी साउथ अष्ट्रेलियन संसद भ्रमण, तीज, दशैंलगायत डेढ दर्जन भन्दा बढी कार्यक्रमहरुको आयोजनामा प्रत्यक्षरुपले सहभागी भएको अनुभव सुनाउँदै भन्छिन, “नेपाली समाजका लागी गर्न धेरै बाँकी रहेको एक कार्यकालको अनुभवका कारण संयोजक पदका लागी उम्मेद्वारी दिने मनस्थिति बनाएको हुॅ । सबैभन्दा पहिलो कुरा- एनआरएनए केही व्यक्ति वा गुटको मात्रको भनेर धेरै प्रवासी नेपालीहरुले संस्थाप्रति उदासिनता देखाउनु भएको छ । यो धारणामा परिवर्तन हुन जरुरी छ । यो सम्पुर्ण प्रवासी नेपालीको साझा संस्था हो । प्रवासीको यहि धारणा परिवर्तन गराउन भूमीका खेल्नमापनि मेरो कार्यकाल केन्द्रीत रहने छ । “
केही अगाडीसम्म सामान्य रहेको निर्वाचन परिणाम वारेको सर्बसाधारणको अपेक्षा एकाएक परिवर्तन भएको संघ निकटस्तहरु बताउछन । गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियासँग स्थापनाका बेलादेखी नजिकै रहेका चेवन अधिकारी भन्छन- “आजबाट निर्वाचनको परिणामबारे यसै बोल्न सकिने अवस्था छैन् । परिणाम के हुन्छ भन्ने थाहा पाउन मतगणना नै कुर्नुपर्ने अवस्था छ । “
Leave a Reply