अष्ट्रेलियाको संघीय निर्वाचनका पहिला नेपाली उम्मेद्वार

अष्ट्रेलियामा नेपाली बसोबास गर्नथालेको ४ दशकको इतिहासमा संघीय निर्वाचनमा पहिलो नेपालीका रुपमा हुनलागेका उम्मेद्वार हुन पी जे श्रेष्ठ । सत्तारुढ दल लिवरलका तर्फबाट उनी उम्मेद्वार हुन लागेका हुन् । उनी न्यु साउथ वेल्सको बार्टन क्षेत्रबाट उम्मेद्वार हुन लागेका हुन । उक्त क्षेत्र लेवर बर्चश्व भएको क्षेत्र भएकाले लिवरलले जित्न गाह्रो छ । तैपनि संघीय निर्वाचन उम्मेद्वारी पाउने पहिला नेपाली नेपाली भएका कारण अष्ट्रेलियाको नेपाली सञ्चारमा उनी छाएका छन ।

नवलपरासी जिल्लाका पीजे करिब २ दशक अघि अष्ट्रेलिया आएको बुझिएको छ । अष्ट्रेलियन क्याथोलिक युनिभरसिटीमा अध्ययन गरेका पीजे सन २०१६ को मिस्टर ओसियाना नेपालका बिजेतासमेत हुन् ।

उनले दलको भन्दापनि नेपालीको उम्मेद्वार भएका कारण नेपाली समुदायबाट विशेष सहयोगको अपेक्षे रेखेको बताउछन ।

Leave a Reply