बुटवलमा प्रधानमन्त्रीलाई किन देखाइयो कालो झण्डा ?

२० अप्रिल २०१९, बुटवल- बुटवलमा आयोजित बुटवल जितगढी उत्सव समारोहमा सहभागी हुनपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। एक युवाले कालो झण्डा देखाउँदै ओलीका बिरुद्द नाराबाजी गरेका हुन्।

ब्यापक रूपमा नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीसँगै नगर प्रहरी तथा स्वंयसेवकहरू परिचालन गरिएको कार्यक्रममा प्रधानमन्त्री बोल्न सुरू गर्नासाथ नाराबाजी सुरू गरेका थिए ।

बुटवल उपमहानगरपालिका वडा नं ११ मजुवामा बस्दै आएका रुद्रप्रसाद घिमिरेले राष्ट्रियता जिन्दावाद, मेरो देश प्राणभन्दा प्यारो छ , उजिर सिंह जिन्दावाद भन्दै आवेगमा कालोझण्डा प्रदर्शन गरे ।

उनको प्रदर्शनका प्रहरी सक्रिय नभएपछि  प्रधानमन्त्रीले ‘प्रहरी छैन त्यहाँ कालोझण्डा देखाइराखेको छ के हेरेर बस्या होला?’ भन्दै सम्बोधन रोकेका थिए ।

घिमिरेले आफू कसैको उक्साहटमा नलागी स्वतन्त्र रूपले हत्या हिंसाविरूद्ध उत्रेको र सरकारको क्रियाकलापको विरोध गरेको बताए ।

उनले आफू गएको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं ३ बाट संघीय संसद सदस्यका लागि उम्मेदवार बनेको बताए।

Leave a Reply