एडिलेडका एज्ड केयर वर्कर एक बर्षका लागि जेल चलान
१५ अप्रिल २०१९, एडिलेड- साउथ अस्ट्रेलियाको नर्सिङ होममा काम गर्ने एकजना जेल चलान भएका छन ।
माइकल मुलान नाम गरेका एक ५२ बर्षिय एज्ड केयर वर्करले काम गर्ने क्रममा ७२ बर्षिय बृद्द्लाई कुटपिट गरेको पाइएपछी जेल चलान भएका हुन । उनले सन २०१५ मा बृद्द्लाइ कुटेको पाइएपछी पक्राउ परेका थिए ।
घटना २०१५ को भएपनि अदालतले भर्खरमात्र फैसला सुनएको हो । उनी साउदर्न क्रस एज्ड केयरको मार्ट्याल बेन्कमा अवस्थित केयर हाउसमा कार्यरत थिए ।
Leave a Reply