मेलबर्नमा नाइट क्लब बाहिर गोली चल्यो, कम्तिमा ४ जनालाई अस्पताल लगियो
१४ अप्रिल २०१९, मेलबर्न- आइतबार बिहान मेलबर्नको एक नाइट क्लबबाहिर बिस्फोट भएको खबर छ । प्रह्राननजिकैको लिटल चापेल स्ट्रिट र माल्भन रोडनजिकै बिहान करिब ३ बजेर २० मिनेट जाँदा बिस्फोट भएको हो । भिक्टोरिया प्रहरीके ४ जनालाई अस्पताल लगिएकामध्ये २८ बर्षका एकजनाको अवस्था चिन्ताजनक रहेको बताएको छ । अन्य ५० र २९ बर्षिय दुइजनाको अवस्था सामान्य रहेको बताइएको छ ।
एकजना सेक्युरिटि गार्डकोसमेत अनुहारमा गोलीको घाउ देखिएको बताइएको छ ।
अनुसन्धानकर्ताहरु हाल घटनास्थलमा पुगिसकेका छन भने सर्वसाधरणलाई घटनास्थाल वरपर नजान भनिएको छ । प्रहरीले कसैले घटनाको भिडियो खिचेको भए अनुसन्धानमा सघाउनका लागी उक्त फुटेज उपलब्ध गराउन भनेको छ । प्रहरीले हालसम्म यसभन्दा बढी जानकारि दिएको छैन र अनुसन्धान जारी रहेको जनाएको छ ।
Leave a Reply