साउथ अष्ट्रेलियाको पहिलो तिहार कोसेली ‘लौ फेरी आयो तिहार…’
एडिलेड, साउथ अष्ट्रेलिया- प्रवासीहरुलाई देशको महत्व निकै बढी हुने गर्दछ । प्रवासमा देशलाई धेरै नै सम्झिने गरिन्छ । सबैभन्दा बढी चाडबाडका बेला । साउथ अष्ट्रेलियाबासी नेपालीहरुले भने यसपालीको तिहारमा नेपाललाई कोसेली दिएका छन्, देउसीभैलोको निकै सुमधुर गीत र म्युजिक भिडियो । साउथ अष्ट्रेलियाको इतिहासमा नै पुर्णरुपमा साउथ अष्ट्रेलियामा निर्माण भएको उक्त तिहारको गीतको म्युजिक भिडियो केही साता अघि सार्बजनिक भएको हो ।
२०७५ सालको तिहारको अवशरमा सार्वजनिक गरिएको उक्त गीतमा शब्द रेणुका देवी निरौला र स्वर डा. रामकृष्ण निरौलाको रहेको छ । निजम फिल्मको ब्यानरमा बनेको म्युजिक भिडियोमा निर्देशन आरसी थापाले गरेका छन । प्रवासमा ब्यस्त करिव दुइ दर्जन कलाकारहरुको अभिनय रहेको उक्त म्युजिक भिडियोले तिहारका बेलाको नेपालकै झल्को दिन्छ ।
निक्कै ब्यस्त प्रवासको जीवनमा प्रकृतिक नेपाली तिहारको गीत गायन र दुइ दर्जन बढी कलाकारहरुसहितको म्युजिक भिडियोले संयुक्त रुपमा नै साउथ अष्ट्रेलियाबासीको नेपाली संगीतप्रतिको मोहलाई प्रतिनिधित्व गर्दछ । म्युजिक भिडियो:
Leave a Reply