श्रृष्टि केसी च्यारिटि डिनर आइतवार हुने

१० अगष्ट २०१८, एडिलेड- अन्धा भन्नासाथ सेतो छडि अथवा अरुको हात समाएर पछिपछि हिडिरहेको दुखी मान्छे हामी सम्झन्छौं । तर प्रविधी र दृष्टिकोणमा भएको परिवर्तन र अपाङ्गता भएकाहरुलाइ दिइने उत्प्रेरणाका कारण शारिरिक अपाङ्गता भएकाहरुले सपाङ्गहरुले गर्न नसक्ने कामहरु गरेको प्रसस्त उदाहरणहरु हामीले देख्न थालेका छौं । त्यस्तै एक उदाहरण हुन श्रृष्टि केसी । 

कुनै अपाङ्गले नाच्न सक्छ भन्दा अपत्यारिलो लाग्न सक्छ । तर श्रृष्टि केसीलाई देखेपछी तपाईको पनि सोचमा परिवर्तन हुने छ । आउनुहोस, १२ अगष्टमा एस्कट पार्कमा रहेको एक्टिभ एल्डर्स एसोसिएसन हलमा ५ बजे आँखा नदेख्ने श्रृष्टिको नृत्य हेर्नका लागी ।

१६ बर्षको उमेर दृष्टि गुमाएको शृष्टिलाई शुरुमा असजिलो नभएको होइन । उनले संगर्ष गरिन र आफ्नो बाटो आंफैले बनाइन । उनले आफ्नो बाटो मात्र बनाइनन् लाखौं अपाङ्गता भएकाहरुको प्रेरणा बन्दै बलियो भएर जीवनमा संघर्ष गर्न उत्प्रेरणासमेत दिन्छिन । अपाङ्गहरुलाई बोझ नभइ बरदानका रुपमा घरका कुनाबाट बाहिर निकाल्न ‘ब्लाइन्ड रकस्’ भन्ने अभियान नै चलाएकि छन श्रृष्टिले ।

देश तथा विदेशमा धेरै पुरस्कारहरु जितिसकेकि श्रृष्टि आइतवार, १२ अगष्टमा साउथ अष्ट्रेलियाको एडिलेडमा च्यारिटि डिनर कार्यक्रमका लागी आउदैछिन । रंजन फोटोग्राफिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको प्रवेश शुल्क अष्ट्रेलियन डलर ३० रहेको छ । डिनरका साथमा हुने उक्त कार्यक्रम सांझ  ५ बजेबाट शुरु हुनेछ ।

Leave a Reply