विदेश र स्टाफ नर्स सम्बन्धको उठान गर्ने क्षितिजको माखेसाङ्लो सार्वजनिक
१० अगष्ट २०१८, एडिलेड- अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा नर्सहरको माग उच्च रहेका कारण नेपाली समाजमा विदेश जाने र स्टाफ नर्स पर्यायवाचि शब्द नै बनेका छन । बिदेश जानुछ भने स्टाफ नर्स बिबाह गर्नुपर्छ भन्ने सोच नेपाली युवाबर्ग तथा अभिभावकहरुमा परिसकेको छ । यहि विषयको उठान गर्दै साउथ अष्ट्रेलिया बस्ने क्षितिज सापकोटाले ‘माखेसाङ्लो’ बोलको गीत र म्युजिक भिडियो युट्युबमार्फत सार्बजनिक गरेका छन ।
दिप दाहालले सम्पादन र रवीन्द्र बरालले निर्देशन गरेको उक्त भिडियोमा नग्मा श्रेष्ठ, पुष्प खड्का सँगै, मिलन र बसन्तको अभिनय रहेको छ ।
स्वयंले रचना गरेको उक्त गीत रचना गर्दाको क्षण स्मरण गर्दै सापकोटाले अनलाईन एडिलेडसँग भने- “नेपाल गएकाबेला एकजना आफन्तकोमा बास बस्ने क्रममा आइए फेल भएका भाइलाई दाजुले स्टाफ नर्स बिहे गरि अष्ट्रेलिया जान दिएको सुझाबले गीत रचना गर्न प्रेरणा मिल्यो ।”
“नेपालमा बिदेश भन्नासाथ पैसा फल्ने रुख नै हुन्छ भन्ने सोचलाई निरुत्साहित गर्नु पनि गीतको उदेश्य हो ।” सापकोटाले थपे । भिडियो यो लिङ्कमा क्लिक गरि हेर्न सकिन्छ ।
Leave a Reply