साउथ अष्ट्रेलियामा अब नेपाली खाना प्रवर्दन
२ अप्रिल २०१८, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा नेपालको नेवारी खानाको प्रवर्दनको उदेश्य राखी गुठी साउथ अष्ट्रेलियाले नेवारी भोज (नेवा: भोवे) कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम नेपाली नयां वर्ष तथा विस्केट जात्राको अवशर पारी शनिवार १४ अप्रिलका दिन आयोजना हुदैछ । कार्यक्रम मेरियन आरएसएलमा अपह्रान्न ४ बजेदेखी आयोजना हुने आयोजक गुठी एस एले बताएको छ ।
बयस्कका लागी अष्ट्रेलियन डलर ४०, ५ देखी १२ बर्षसम्मका वालवालिकाका लागी अष्ट्रेलियन डलर २० र ५ बर्षभन्दा कम उमेरका वालवालिकाका लागी नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा नेपाली समुदायका अतिरिक्त अष्ट्रेलियनहरुले समेत सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाली खानाको साथमा उपस्थितहरुले नेपाली सांस्कृतिक प्रस्तुतिहरुको मजापनि लिन पाउनेछन ।
कार्यक्रमबाट संकलन भएको रकम संस्थाको सुद्रिढिकरण, सांस्कृतिक प्रशिक्षण, सांस्कृतिक पोशाक तथा सामाग्री खरिद र नेपालमा हुने प्रकृतिक प्रकोप लगायतका भवितब्यहरुमा आर्थीक सहयोग गर्नका लागी प्रयोग गरिने गुठी साउथ अष्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठले बताए । “नेपाली संस्कृतिलाई जीवन्त राखिराख्न नयांपुस्तालाई सिकाउन जरुरी हुन्छ भने अर्कोतिर नेपाली संस्कृतिलाई विदेसीमाझ लैजादा हामिले उत्कृष्ट प्रस्तुतिहरुलाई लैजानुपर्ने हुन्छ । संकलित रकम मुलभुत रुपमा कलाकारहरुलाई प्रशिक्षण दिनका र सांस्कृतिक पहिरन र पहिचानका सामाग्री खरिद गर्न प्रयोग हुन्छ । बचेको रकम संस्थाको खातामा रहन्छ र यसरी रहेको रकमलाई नेपालमा आकश्मिक कुनैपनि किसिमको सहयोग आवश्यक भएको अवस्थामा प्रयोग गरिन्छ ।” श्रेष्ठले भने ।
कार्यक्रमको धेरैजसो टिकटहरु बिक्रि भैसकेकाले कार्यक्रममा सहभागी हुन चाहनेले अप्रिल ७ सम्म रज्नेश श्रेष्ठ (०४३४ ६४० ६६८) वा मनोज श्रेष्ठ (०४१२ २८९ ०७२) लाई सम्पर्क गर्न आग्रह गरिएको छ । व्यवस्थापनलाई चुस्त बनाउन टिकट बिक्रिलाई अप्रिल ७ मै समाप्त गर्ने संस्थाका कार्यकारी सदस्य रज्नेश श्रेष्ठले बताए ।
Leave a Reply