भारतमा तीन बर्षकि बालिका बलत्कृत

७ मार्च २०१८, भारत- भारतमा एक तीन बर्षीय बालिका बलत्कृत भएको खबर छ । एकजना ब्याक्तिले बालिकालाई चकलेटको लालचा देखाइ बासभित्र लगेर बलत्कार गरेको खुलेको छ । यसरी बलत्कार गर्नेमा ४५ बर्षका शेख मुन्ना नाम गरेको ब्याक्ति रहेको द टेलिग्राफले लेखेको छ । बालिकालाई बसभित्र चिच्याउन थालेपछी उनीसँगै खेलिरहेका बालिकाका ५ बर्षीय दाजुले बसको ढोका ढकढक्याउदै बहिनीलाई छोडिदिन गरेको हारगुहारलाई बेवास्ता गर्दै शेखले बलत्कार गरेको बताइएको छ । 

त्यस ब्याक्तिले नसुनेपछी बालकले दौडदै गएर कपडा ब्यापार गर्ने आमालाइ बताए । आमाले वरपरका मान्छेलाई सहयोग मागेपछी बालिकालाई बचाए र बलत्कारीलाई पिटे । मानिसहरु पुग्दा बालिका रगतले लतपतिएको अवस्थामा बसको सिटमा लडिरहेकि थिइन । बलतकारीको कपडामा समेत रगत लतपतिएको थियो ।  बालिका नराम्रोसँग बलत्कृत भएको डाक्टरहरुले प्रमाणित गरे र उनको  हाल उपचार भइरहेको छ ।

Leave a Reply