कुटुम्ब, मुक्ति, इड्ज, लाहुरे र नबीन के भट्टराइ एकै मञ्चमा
७ मार्च २०१८, सिड्नी- नेपाली संगीतका पाँचवटा ख्यातीप्राप्त स्वादहरु अष्ट्रेलियामा एकै मञ्चबाट लिन पाइने भएको छ । यसरी सिड्नीमा नेपाली संगीतका पाँच चर्चीत समुह तथा गायकहरुलाई एकसाथ देख्न पाइने भएको हो । कार्यक्रममा नेपाली संगीतको लोक देखी र्र्यापसम्मको पुर्ण चित्र देख्न पाइने छ । सिड्नीमा कुटुम्ब, मुक्ति, इड्ज, लाहुरे र नबीन के भट्टराइले एकै मञ्चमा प्रस्तुति दिंदैछन् । नेपाली संगीतको सबैथरीको आनन्द प्रदान गर्न सम्भव बनाएको हो सिड्नीमा रहेको नेपाली साँगीतिक कार्यक्रम आयोजक संस्था नेप्लिज स्क्वाड इन्टरटेन्मेन्टले ।
कुटुम्ब परम्परागत नेपाली बाजाहरुमा लोक गीतको धुन बजाउन माहिर समुह हो । नबीन के भट्टराइ नेपाली पप संगीतका शुरुवाति गायक हुन । मुक्ति एण्ड रिभाइभल सिक्किम, दार्जिलिङ र भुटानमा आधारित ख्यातिप्राप्त नेपाली रगगीत गाउने समुह हो । इज्ड ब्याण्ड नेपालकै चर्चित रक समुह हो । साथै लाहुरे चिनिएका र्यापर हुन् ।
यी सबै नेपाली संगीतको मजा एकैपटकमा लिन पाइने छ नेप्लिज स्क्वाड इन्टरटेन्मेन्टले २९ मार्चमा सिड्नीमा आयोजना आयोजना गर्न लागेको एक्सपर्ट म्युजिक फेस्टिभलमा । कार्यक्रम लुना पार्कमा रहेको बिग टप अडिटोरियममा अपह्रान्न ४ बजेदेखी हुदैछ ।
नेप्लिज स्क्वाड इन्टरटेन्मेन्ट सन् २००९ मा स्थापित नेपाली साँगितिक कार्यक्रम आयोजक संस्था हो । स्थापनाको केही समयपछी केह कम सक्रिय रहेको यो संस्था सन् २०१५ देखी पुन: सक्रिय रुपमा सिड्नीमा ठुला नेपाली साँगितिक कार्यक्रमहरुको आयोजना गर्नेमध्येको एक हो ।
कार्यक्रम आयोजनाको मुख्य उद्देश्य अष्ट्रेलियामा नेपाली कला संस्कृतिको प्रवर्दन नै भएको आयोजक संस्थाका गगन बिडारी सुनाउछन ।
Leave a Reply