एडिलेडमा भब्य रुपमा होली सम्पन्न
१ मार्च २०१८, एडिलेड- एडिलेडमा भब्य रुपमा होली पर्व मनाइएको छ । अनलाईन एडिलेडका संवाददाता विहिवार अपह्रान्न मिचेल पार्क रिजर्भको खुला चौरमा पुग्दा होलीका रंगिविरंगी रंगले रंगिएका नेपालीहरु स्थानिय कलाकारका प्रस्तुतिहरुको मजा लिइरहेका थिए । कार्यक्रम स्थल वरिपरि खानाका स्टलहरुपनि प्रसस्त थिए । खानाका अलावा कार्क्रमलाई स्पोन्सर गर्ने एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस, स्टनिङ होम, कप्लान बिजिनस स्कुल, ३६० होम लोन, फिनवेभ, असि फाइनान्स एण्ड होम लोन्सलगायतका स्टलहरु पनि वरिपरी थिए ।
एडिलेड नेपालको आयोजनामा भएको कार्यक्रममा नेपालबाट आएका गायकहरु दिपक बज्राचार्य, इन्दिरा जोशी र गिरिस खतिवडाले जोरदार प्रस्तुति दिएका थिए । उनीहरुको साथमा नेपालको चर्चित नृत्य समुह कार्टुन क्रुजको नृत्यमा तालमा उपस्थितहरु आफ्नो शारिरिक हाउभाउले भरपुर साथ दिइरहेका थिए । कार्यक्रममा ‘वन्स मोर’ को आग्रह दर्शक दिर्धाबाट प्रसस्त सुनिएका थिए । कार्यक्रम स्थलमा निकै प्रफुल्ल मुद्रामा देखिएका आयोजक एडिलेड नेपालका अध्यक्ष गोकुल ढकालले प्रवासमा नेपाली पर्वहरु आयोजनाको मुख्य उदेश्य जमघट र नेपाली कलासंस्कृतिको प्रवर्दन भएको प्रतिकृया दिए । साथै उनले कार्यक्रममा उपस्थिति जनाई सहयोग गर्ने दर्शक, कार्यक्रमलाई सफल बनाउन मदत गर्ने स्पन्सर तथा स्वयमसेवकहरुलाई धन्यवाद दिए ।
एडिलेडमा नेपालीहरुको उपस्थिति बढ्दै गर्दा हरेक नेपाली चाडपर्वहरु मनाउने क्रमको शुरुवात भएको छ । ‘यसपालिको स्तरको होली कार्यक्रमको आयोजना गरिएको संभवत पहिलोपल्ट होला ।’ एडिलेडमा निकै पहिलेदेखी बसोवास गर्ने केही मानिसहरु कानेखुसी गर्दै थिए ।



Leave a Reply