रविको विरोध गरेर चर्चामा आउन खोज्ने दिल माओवादी नभएको खुलासा
१८ डिसेम्बर २०१७, काठमाण्डौ- २०६०-६१ साल तिर माओबादिले जन प्ररिचालन अभियान अन्तरगत एक गाउका मान्छेलाई अर्को गाउँ पठाउथ्यो अभियानमा । यो तरिकबाट प्रेरित भएको माओबादिले यस्तो अभियान ६२ सालसम्म चलायो। त्यहि ०६२ साल तिरको जन अभियान अन्तरगत पनि आम सर्सवसधारण सङ्ग दिल निसानी मगर पनि गएका थिए । केही दिनमा दिल निसानी मरिने डरले भागेर काठमाडौ आए । अनि कसैले मगर सेनामा गए भन्ने हल्ला चालाइदिएछ ।
यसरी मगर सेनामा गएको खबर पाएपछी तत्कालको श्री ५ को सरकारलाई मुख्य दुस्मन घोषणा गरेको माओबादीका गाउकमिटी इन्चार्जले मगरलाइ हप्ता दिन भित्र घर फिर्ता हुन उर्दी जारी गरे । त्यसपछी मगर पासपोर्ट बनाएर दुबइतिर हानिए र सेकुरिटी कम्पनीमा तल्लो दर्जाको गार्डका रुपमा तीन वर्ष काम गरे ।
माओवादीको कारण देशबाट भागेर दुबइमा सेक्युरिटि गार्डको तल्लो तहमा काम गर्नुपर्दा मगरले असह्य भएर माओबादीको बिरोधमा फेसबुकमा सामाग्रीहरु प्रकासित गर्न थाले । माओबादी र विशेषत: प्रचण्ड विरोधी केही लेखाइहरु सामाजीक सञ्जालमा त्यसबेला चले । त्यसपछी माओबादीविरुद्दका शक्तिहरुले मगरलाई उक्साइ उक्साई रक्सी र बिरयानीको भरमा माओवादी र प्रचण्डका विरोधमा बिषबमन गर्न लगाए । मगरले प्रचण्डका बिरोधमा मरेको लास बेचेर खाएर नपुगेको भए कहाकहा लास छन, म देखाइदिन्छु भन्ने आशयको स्टाटस खुब चल्यो । उक्त स्टाटस यदाकदा आजपनि सामाजीक सञ्जालहरुमा भेटिन्छ । त्यसपछी सेतोपाटीले केही समय उनका लेखलाई स्थान दियो र सोही कारण पत्रीकाको विश्वसनियता घटेर हाल सेतोपाटी भन्ने पत्रीका खासैले पढ्दैनन् । गाडेका लास देखाइदिन्छु भन्ने आशयको स्टाटसपछी सर्वसाधारणले उनलाई पुर्वलडाकु भएको माने र उनलाई पनि पुर्वलडाकु भनेर चिनाउदा फाइदा हुनेभयो, मान्छेले लेख पढ्नेभए भनेर आफुलाई पुर्बलडाकु भनेर चिनाउन थाले ।
प्रचण्ड प्रधानमन्त्री भएपछी सायद मगरको तल्लो स्तरका गालीले लाज लाग्यो क्यारे प्रधानमन्त्री निवास बोलाएर केही पैसा हातमा थमाएर पठाए, मगरले त्यसपछी प्रचण्डको भजन गाउनथाले ।
केही स्टाटस चलेका कारण मगरले थुप्रै ठाउमा कामका लागी प्रचण्डसँगको फोटो देखाउदै जागीर मागे । केही ठाँउमा जागीर पाएपनि योग्यता र राम्रो बानी नभएका कारण टिक्न सकेनन । पछि अनन्पुर्ण टुडे भन्ने एउटा अनलाइन टिभी खोलियो । दुई चार दिन त्यहि झुण्डिए । केही सातापछी उनको योग्यता र सामान्य मान्छेमा हुनुपर्ने गुणपनि नभएको देखिएपछी त्यहाबाट पनि हटाइए ।
त्यसपछि उनले माओबादी अध्यक्ष प्रचन्डका छोरा प्रकाश दाहाल र उपराष्ट्रपती नन्दकिशोर पुनका छोराको पिछा गर्न थाले । प्रकाशको मृत्यु भइसकेको छ र दीपेश पुन हाल अस्पतालमा छन । माओबादी युद्दमा लडाकु थिएँ भन्ने मगरले माओबादी लडाकुसम्बन्धी राम्रै ज्ञान भएको पत्रकार अथवा पुर्वलडाकुले उनको जनसेनामा हुदावारेको प्रश्नगर्दा आफु ठुलो पदमा नभएका कारण कसैले नचिन्ने गरेको भन्दै पन्छीने गरेका छन । स्रोतले बताएको छ ।
हाल काम र चर्चाबिहिन भएपछी १४ बर्ष अमेरीकामा बिताएर देशमै केही गर्नुपर्छ भन्ने धारणा लिइ फर्लिएका रबि लामिछानेको बिरोध गरेर चर्चामा आउने कोसिस गरिरहेका छन । धेरैले उनलाई रक्छ्यानको संज्ञा दिएर चलाएका छैनन भने सर्वसाधारणले भने असह्य भएर सामाजीक संजालमा उनको विरोध गरिरहेका छन ।

Leave a Reply