समानुपातिकतर्फ ५० लाख मत गनियो, कुन दलको कति मत?

१३ डिसेम्बर २०१७, काठमाण्डौ- नेपालको कान्छो दल विवेकशील साझाले समानुपातिकमा जम्मा ५० लाख मत गणना हुदा १ लाख १२ हजार मत ल्याउन सफल भएको छ । रबीन्द्र मिश्रले काठमाण्डौ क्षेत्र नं १ मा प्रकाशमान सिंहसग पराजित भएपछी दलले राष्ट्रिय दलको हेसियत पाउने सम्भावना समाप्त भएपनि समानुपातिकमा सम्मानजनक मत ल्याउने संकेत देखा परेको छ । 

यसैगरी प्रत्यक्षमा सवैभन्दा अगाडी रहेको नेपका एमालेले नै समानुपातिकमा पनि अग्रता लिइरहेको छ । हालसम्म एमालेले १७ लाख ७४ हजार, कांग्रेसले १६ लाख ९१ हजार र माओवादीले ७ लाख १ हजार मत प्राप्त गरेको छ । यसैगरी घीय फोरमले २ लाख १५ हजार, राजपाले १ लाख ५१ हजार, राप्रपाले १ लाख १६ हजार, नयाँ शक्तिले ५३ हजार,  राप्रपा प्रजातान्त्रिकले ३९ हजार ४ सय र राष्ट्रिय जनमोर्चाले ३३ हजार ७ मत प्राप्त गरेका छन । 

Leave a Reply