मेलबर्नको सामुदायीक भवनका लागी साउथ अष्ट्रेलियामा सहयोग संकलन

१२ डिसेम्बर २०१७, एडिलेड- मेलबर्नमा सामुदायिक भवन निर्माणका लागी सहयोग गर्न सामुदायिक भवन निर्माणको दिशामा अगाडी बढ्दै गरेको नेपालीहरुको जनसंख्याका आधारमा अष्ट्रेलियाको कान्छो राज्य साउथ अष्ट्रेलियाले सहयोग संकलनको काम शुरु गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया को पहलमा सहयोग संकलन गरिएको हो । 

एनआरएनए साउथ अष्ट्रेलियाको पहलमा भइरहेको सहयोग संकलनमा  हालसम्म अष्ट्रेलियन डलर १७ सय भन्दा बढी संकलन भइसकेको एनआरएनए साउथ अष्ट्रेलियाले बताएको  छ ।

साउथ अष्ट्रेलियाको नेपाली समुदायले समेत नेपाली सामुदायिक भवन निर्माणका लागी तदर्थ समिति गठन गरी सांभाब्यता अध्ययन शुरु गरेको छ । संभावनाका पक्षमा विविध अध्ययन गरि समितिले जनवरीको पहिलो हप्ताभित्र सर्वसाधारणसमक्ष प्रतिवेदन सार्वजनिक गर्ने एनआरएन साउथ अष्ट्रेलियाले बताएको छ ।

साउथ अष्ट्रेलिया आफैं सामुदायिक भवन निर्माणको गर्ने क्रममा छ, केही समयपछी आफ्नै लागी सहयोग संकलन गर्नुपर्ने यस घडिमा मोलबर्नका लागी सहयोग संकलन किन भन्ने अनलाईन एडिलेडको प्रश्नमा एनआरएन साउथ अष्ट्रेलिया संयोजक अशोक केसीले भने- “अष्ट्रेलियामा जहां नेपाली साुदायिक भवन बनेपनि नेपालीहरुको गर्वको विषय हो । साथै यस्ताखाले बिशेष महत्वका सामुदायिक सम्पदाहरु निर्माण गर्ने कार्यमा अन्तरराज्य समन्वय एवं सहयोगको समेत खाचो हुने आवश्यकतालाई महशुस गर्दै हामीले हाल भिक्टोरीयालाई सहयोग गर्ने निर्णय गरेका हौं ।”

 

“हामीपनि भवन निर्माणको क्रममा छौं । करिब ३ हजार नेपालीहरुमात्र रहेको साउथ अष्ट्रेलियालाई भोली न्यु साउथ वेल्स, क्वुइन्सल्याड, भिक्टोरीयाजस्ता बढी नेपालीहरु रहेका राज्यबाट सहयोग भयोभने हामीलाई पनि त सहज हुन्छ ।” उनले थपे ।

साउथ अष्ट्रेलियाबाट मेलबर्नका लागी सहयोग गर्न चाहनेले केसीको  खातामा रकम जम्मा गरि सहयोग गर्न सक्नेछन । केसीको खाता नम्बर निम्न रहेको छ ।
Account Name : Ashok KC
BSB : 065000
A/C : 11510744
Ref: YournameVICHELP

सामुदायिक भवन निर्माणको अभियानमा जुटिसकेको भिक्टोरियाले छुट्टै ‘अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर’ गठन गरि सामुदायिक भवन निर्माणको कामलाई अगाडी बढाइरहेको छ । सेन्टरले हालसम्म १ लाख ३५ हजार डलर नगद संकलन र ५० हजार  डलरको प्रतिवद्दता संकलन गरिसकेको छ । आर्थिक संकलनकै लागी सेन्टरले डिसेम्बर १८ देखी २४ सम्म सप्ताहको आयोजजा गर्दैछ ।

Leave a Reply