कांग्रेस अस्पतामात्र पुगेको हो, घाटमा होइन

१२ डिसेम्बर २०१७, झापा- नेपाली कांग्रेसका युवा नेता एवं विचारक झापाका विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको लज्जास्पद हारलाई इंगित गर्दै कांग्रेस अस्पतालसम्म मात्र पुगेको घाटसम्म भने पुगिनसकेको बताएका छन । नेता शर्माले कांग्रेसको हारमा नेतृत्व जिम्मेवार भएको र कांग्रेस नेतृत्वले आफ्ना राम्रा कामको प्रचार गर्न नसक्नु र नराम्रा कामको बचाउ गर्न नसक्नु र अन्तिम समयमा बाम गठबन्धन बन्नु हारको प्रमुख कारण रहेको एक टेलिभिजनसँगको कुराकानीमा बताएका हुन ।

शर्माले नेपाली कांग्रेस अस्पतालसम्ममात्र पुगेकाले राम्रो उपचार पाए पुन आफ्नो स्थानमा फर्किने नत्र घाट पुग्नेसमेत बताए । आफुलाई जित्ने माओवादी उम्मेद्वारलाई आफैले फुलमाला लगाइ सुभकामना दिएका शर्माले विद्यार्थी राजनीतिदेखिनै आफु संस्कारको राजनीति गर्ने अभ्यासमा लागेको समेत बताए ।

Leave a Reply