देशैभर निराशा बेहोरेको कांग्रेसले लियो बामसँग बदला

१० डिसेम्बर २०१७, काठमाण्डौं- गणतान्त्रिक नेपालको पहिलो प्रतिनिधि तथा प्रदेश सभामा देशैभरबाट कांग्रेसले निरासाजनक परीणाम ल्याएको छ । २००७ मा प्रजातन्त्रको प्राप्तिपछी सधैं देशको सबैभन्दा ठूलो दलका रुपमा रहिआएको कांग्रेसका प्रभावशाली भनिएका नेताहरुले समेत एकपछी अर्को गर्दै हारेपछी कांग्रेस प्रत्यक्षतर्फ केबल २५ सिटको हाराहारी ल्याइर तेस्रो दलका रुपमा खुम्चिन बाध्य हुने भएको छ ।

बाम गठबन्धनका कारण कांग्रेसको हार भएको विश्लेषण भइरहदा गठबन्धन गराउन मुख्य भूमीका खेलेका बामदेब गौतममाथि भने नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले करिब ३ हजार मतले अग्रता लिइरहेका छन । हालसम्म बामदेबको ३२ हजार ८१० मत रहेको छ भने सञ्जयकुमार गौतमको ३५ हजार ६६९ मत रहेको छ ।

Leave a Reply