के झापाबाट बढारिएकै हो कांग्रेस?

९ डिसेमम्बर २०१७, झापा- कुनैबेलाको कांग्रेसको लागी उर्वर भुमी मानिने झापाबाट यसपाली भने नेपाली कांग्रेसको लागी  बढारिने देखिएको छ । देशैभर कांग्रेसका प्रभावशाली मानिएका नेताहरुले आफ्नो विरासत जोगाउन नसकिरहेको अवस्थामा झापाका कांग्रेसी नेताहरुपनि त्यसबाट अछुतो रहन सक्ने अवस्था देखिएको छैन ।कांग्रेको केन्द्रमा राम्रो प्रभाव भएका कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिङ्देन भन्दा करीब ९ हजार मतले पछी परिरहेका छन झापाको क्षेत्र नं ३ मा । अर्का स्थानिय स्तरमा निकै प्रभावशाली र केन्द्र स्तरमा प्रभाव बढाउदै लगेका नेता विश्वप्रकाश शर्मा समेत निरन्तररुपमा मओबादी केन्द्रका राम कार्कीसँग करीब १ हजार मतले पछाडी परिरहेका छन । केपी ओलीको क्षेत्र नं ५ मा त कुनै संभावना छदै छैन र बाकी क्षेत्र नं २ र ४ मा समेत उठेका उम्मेद्वारहरु एमालेभन्दा धेरैले पछी छन । विश्वप्रकासलेपनि जोगाउन सकेनन भने यस पाली झापाबाट कांग्रेस बढारिने निश्चितप्राय छ ।

Leave a Reply