सामुदायीक भवन निर्माणका लागी मेलबर्नमा पुराण
६ डिसेम्बर २०१७, मेलबर्न- नेपालीहरुको जनसंख्या बढेसँगै पछिल्लो समयमा अष्ट्रेलियाभर नेपालीहरुको सामुदायीक भवनका चर्चा चल्न थालेका छन भने अष्ट्रेलियाको दोस्रो ठुलो शहर मेलबर्नमा नेपालीहरुको समुदायीक भवन बनाउन अर्थ संकलनका लागी सप्ताहब्यापी पुराण लगाइने भएको छ । सिड्नीमा लामो समयदेखी बहस चलेको भएपनि निर्माणकार्यले मुर्तता पाउन सकेको छैन । नेपालीहरुको आफ्नै सामुदायिक भवन बनाउने अभियानमा अष्ट्रेलियाको मेलबर्नले अन्य शहरहरुलाई पछाडी पार्ने देखिएको छ ।
१८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुने सप्ताहब्यापी पुराणको कथाबाचन नेपालका चर्चित पण्डित दिनबन्धु पोखरेलले गर्नेछन । पुराणको आयोजना सामुदायिक भवन बनाउने जिम्मा पाएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले गर्न लागेको हो ।
पछिल्लो समयमा एएनएमसीले भवन निर्माणको कामलाई पुर्णता दिन तदारुपताका साथ काम गरिरहेको छ । अष्ट्रेलियामा नेपाली समुदायले कल्पना गरेजस्तो भवन निर्माण गर्न निकै रकमको आवश्यकता पर्छ । अन्य समुदायको तुलनामा कन जनसंख्या रहेको र भर्खर स्थापित हुदैगरेको नेपालीहरुलाई भवन निर्माणको आर्थीक श्रोत जुटाउन निकै कठीन पर्ने देखिन्छ । नेपालको पहिचान झल्कने उक्त भवनको निर्माणका लागी पुराणबाट राम्रै अर्थसंकलन हुने एएनएमसीको बुझाइ रहेको छ । पुराणलाई सफल बनाउन सेन्टर सक्रिय रुपमा लागेको छ ।
साउथ अष्ट्रेलियामा पनि सामुदायीक भवन निर्माणको संभाब्यता अध्ययन गर्न बनेको समितिले सक्रिय रुपमा काम गरिरहेको छ ।
Leave a Reply