साउथ अष्ट्रेलियामा ऐतिहासिक टेनिस प्रतियोगीता सम्पन्न
२० नोभेम्वर २०१७, एडिलेड- पछिल्लो समयमा अष्ट्रेलियामा सबैभन्दा चाडो बढिरहेको र सबैभन्दा बढी रोजगार रहेको समुदायका रुपमा परिचित नेपाली समुदाय खेलको माध्यमबाट यहाको समुदायसँगको सम्बन्ध विस्तार गर्नपनि उत्तिकै उद्दत रहेको छ । नेपालमा परम्परागत रुपमा खेलिने खेलहरु फुटबल, क्रिकेट लगायतका खेलहरुमा केही समयअधिदेखी नै नेपाली समुदाय अगाडी रहेकोमा पछिल्लो समयमा नेपाल राष्ट्र र नेपालीका लागी नै नया टेनिस लगायतका खेलहरुमा समेत अाफ्नो उपस्थितिलाई दह्रो बनाउदै लैजाने प्रयास गरिरहेको छ ।
यसै प्रयासस्वरुप साउथ अष्ट्रेलियाको एडिलेडमा आइतवार एेतिहासिक रुपमा नेपाली समुदायका बिचमा टेनिस प्रतियोगीता २०१७ को आयोजना गरियो । साउथ अष्ट्रेलियाका नेपाली समुदायलाई टेनिस खेलतर्फ आकर्षित गर्ने उदेश्यले करिब एक बर्षअघि गठन गरिएको नेपाली टेनिस क्लबको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो । २२ जनाबिच प्रतिस्पर्धा भएको उक्त खेलमा कुल खेलाडिलाई ‘डिभिजन ए’ तथा ‘डिभिजन बी’ मा विभाजन गरि प्रतिस्पर्धा आयोजना गरिएको थियो । ‘डिभिजन ए’ अन्तरगतको दुइजना समुहको खेलमा राजु केसी र बलराम भण्डारी को समुह पहिलो भएको थियो भने प्रबिन गुरगाई र तोप कुमार आलेको समुह दोस्रो भएको थियो । ‘डिभिजन ए’ कै सिङ्गलतर्फ भने बलराम भन्डारीलाई हराउदै कमल पौडेल विजयी भएका थिए । यसैगरी ‘डिभिजन बी’ अन्तरगतको खेलमा सुरेन रेग्मीलाई उछिन्दै श्याम कुमार वोहरा प्रथम भएका थिए ।
प्रतियोगीतामा सुपक अधिकारी, नबिन कडेल, कमल पौडेल, राजन पौडेल, प्रबिन गुरगाई, रमन अधिकारी, टोप आले, सुरज कुवर, मोहन शाही, बन्धुबिक्रम कार्की, राजु केसी, सुजीत शाह, श्याम बोहरा, प्रेम शाह, सुरेन रेग्मी, बलराम भण्डारी, रिजेश केसी, सोहिल सिवाकोटी, सुर्यमान श्रेष्ठ र बिजेन श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा बिजेतालाई ट्रफि र सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष अशोक केसी प्रमुख अतिथि र एडिलेड नेपाली समाज अध्यक्ष राजेश अधिकारी अतिथि रहेको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रमको संयोजन नेपाली टेनिस क्लबका उपसंयोजक समेत रहेका टोप आलेले गरेका थिए भने कार्यक्रमको अध्यक्षता क्लबका संयोजक सुपक अधिकारीले गरेका थिए । कार्यक्रम सञ्चानसमेत गरेका क्लबका सदस्य प्रबिन गुरगाईले खासगरी एडिलेडमा हुर्कदै गरेका नेपाली बालबालिकालाई विश्वमा निकै लोकप्रिय रहेको टेनिस खेलतर्फ आकर्षित गर्न र अन्य समुदायसँगको सम्बन्ध विस्तार गर्ने उदेश्यले टेनिस क्लवको स्थापना गरिएको जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि रहेका एडिलेड नेपाली समाजका अध्यक्ष राजेश अधिकारीले स्वास्थमा खेलकुदको महत्वको चर्चा गर्दै क्लबको शुरुवातको प्रसंसा गरे । यसैगरी एनआरएन अष्ट्रेलिया उपसंयोजक अशोक केसीले सघंको तर्फबाट क्लबका लागी गर्नसक्ने सबैखाले सहयोग गर्न संघ तत्पर रहेको जिकिर गरे ।
क्लबका अध्यक्ष सुपक अघिकारीले खेलाडीको सहभागीताले आफुहरुलाई उत्साहित बनाएकाले प्रतियोगीता नियमित रुपमा आयोजना गरिने बताए ।
Leave a Reply