मेलवर्नमा ‘पर्खिरहेको घर’ विमोचन

लेखक पार्वती पहारी

१६ अक्टोवर २०१७, मेलवर्न- अष्ट्रेलियामा नेपालीहरुको संख्या बढेसँगै नेपाली सर्जकहरुको जन्माउने ताँतीमा पनि अष्ट्रेलिया निकै अगाडी रहन थालेको छ । आइतवारमात्र मेलवर्नमा ‘पर्खिरहेको घर’ नामको एक कृती विमोचन भयो । ‘बाटो छेक्छन जुनताराले’ लेखिसकेकि पार्वती पहारीले उनको दोस्रो कृतीका पर्खिरहेको घर सार्वजनिक गरेकि हुन् । 

कार्यक्रमको प्रमुख आतित्थ भिक्टोरीयाका लागी नेपाली महावाणिज्यदुत चन्द्र योञ्जनले गरेका थिए भने कार्यक्रममा लुम्बिनि-कपिलबस्तु अभियन्ता रामकुमार श्रेष्ठ, भिक्टोरीया नेपाली समाजका पुर्व अध्यक्ष बम योञ्जन, साहित्यकार श्रीधर पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बासुदेब मरहट्ठाले गरेका थिए ।

साहित्यकार श्रीधर पौडेलले विमोचित कृतिको समिक्षा गरेका थिए । कार्यक्रममा भिक्टोरियाका सर्जकहरुले आफ्ना रचनासमेत सुनाए । लुम्बिनि-कपिलबस्तु अभियन्ता रामकुमार श्रेष्ठले प्रवासमा समेत नेपाली भाषाको विस्तार गर्न मदत पुर्याएकोमा सर्जकहरुको प्रशंसा गरेका थिए । ६० बढीको उपस्थिति रहेको उक्त कार्यक्रमको आयोजना ‘साहित्य-संगीत जमघट’ नामक सस्थाले गरेको थियो ।

Leave a Reply