एनआरएनएको नयां नेतृत्वको लागी सोमबार मतदान हुने, निर्वाचन यसअधिभन्दा रोचक हुने

१५ अक्टोवर २०१७, काठमाण्डौ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्व चयन गर्नका लागी आठौं विश्व सम्मेलन काठमाडौंमा जारी छ । संघले मतदाताहरुको अन्तिम नामावली आज प्रकाशित गर्दैछ । मतदाताको अन्तिम नामावली प्रकाशित भएपछि दिनको तीन बजेबाट उम्मेद्वारी दर्ता गरिने संघले बताएको  छ । उमेर्द्वारी दर्ता गर्ने समय सोमबार विहान साँढे आठ बजेसम्म रहनेछ । यसरी दर्ता भएका उमेद्वारहरुको सुची १२ बजे प्रकाशित हुनेछ । सोमबार बिहान  ९:३० बजेदेखि  १०:३० बजेसम्म दावी/ विरोधको समय रहनेछ । यसपछि  ११ :३० आफ्नो उम्मेद्वारी फिर्ता अगाडी बढाउन नचाहनेले  उम्मेद्वारी फिर्ता लिन सक्नेछन । मध्यान्ह १२ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुनेछ भने एक बजेदेखि मतदान प्रारम्भ हुनेछ । मतदान सकएिपछि तत्कालै मतगणना सुरु गर्ने र नतिजा घोषणा गर्ने निर्वाचन आयोगको तयारी छ ।

एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष भवन भट्ट र वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङबिच  प्रतिस्पर्धा हुने लगभग पक्का भएको छ  ।

भट्ट र घले यसअघि एउटै प्यानलका हुन ।  अन्तिममा शेष घलेले अध्यक्षमा आफ्नै पत्नीलाई उभ्याउने तयारी गरेपछि एकै समुह दुई खेमामा विभाजन भएको थियो ।

जापानमा व्यवसाय गरिरहेका भट्ट र अस्टेलियामा व्यवसाय गरिरहेकी गुरुङबीचको यो प्रतिस्पर्धा यसअघिका निर्वाचनभन्दा रोचक हुने आंकलन गरिएको छ । भट्टलाई शेष घलेबाहेकका एनआरएनएका प्रभावशाली नेताहरूको साथ छ भने गुरुङलाई जनजाति र आफ्ना श्रीमान शेष घलेको प्रभाव छ । गुरुङको प्यानलमा   उपाध्यक्ष– सोनाम लामा, रविना थापा,  महासचिव– त्रिलोक गुरुङ, कोषाध्यक्ष– मुछेत्र गुरुङ, सचिव– जानकी गुरुङको रहने तयारी रहेको बुझिएको छ ।

विश्वभरबाट एनआरएनएका करिब १७ सय डेलिगेट्स काठमाडौँमा जम्मा भएका छन् ।

Leave a Reply